दोलखाको बैत्यश्वर गाउँपालिका वडा नम्बर -८ स्थित क्षेत्रपा स्वास्थ चौकीलाई कोरोणा भाइरसकोबाट सुरक्षित राख्ने सुरक्षा सामाग्री प्राप्त भएको छ।
बैत्यस्वर ८ दोलखा घर भई रोजगारीको सिलसिलामा हाल कोरिया बस्ने दीपेन्द्र अधिकारिको पहलमा करिब २३ हजार रुपियाँ बराबरको प्राप्त भएको हो।
स्वस्थ्य चौकीका हेल्थ असिस्टेन्ट सम्झना रिमालका अनुसार तीन सेट पिपीइ, पाँच बक्स पञ्जा, पाँच बक्स मास्क, स्यानिटाइजर, सुज कभर लगाएतको सामाग्री प्राप्त भएको छ।
उहाले हालसम्म वडामा कुनै प्रकारको संक्रमण नफैलिएको र शंकास्पद कोही भेटिएमा क्वारेन्टाइन समेतको व्यवस्था गर्न मिल्ने बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here