बाबुकाजी कार्की
देशलाइ सयाैं वर्षसम्म सम्झन लायक सरकार दिनुपर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) काे जीवनमा याे गन्जागाेल काे मुख्य समस्या पात्र हाे कि प्रृबृति? मेराे बिचारमा समस्या प्रबृति हाे, पात्र हाेईन। माथिदेखि तलसम्म शिरदेखि तिरसम्म दुईतिहाइ सरकारकाे नेतृत्व गरिरहेकाे याे पार्टीकाे तर्फबाट निर्वाचित अधिकाँस प्रमुखहरू बैठकबाट भागेका छन्। सम्बादबाट भागेका छन्। मानाैं यतिबेला उनी आफुबाहेक अरू केही जान्दैनन्। जनता त जान्दै जान्दैनन्। एउटै कमिटि, एउटै सङ्गठनमा उत्तिकै याेगदान गरेर आएका, हिजाे साथिलाई चुनाव जिताउन अहाेरात्र खटेका मानिससङग सम्बाद गर्नु भनेकाे ईज्जत घटनु हाे, प्रतिष्ठा घट्नु हाे। मातहतका कमिटी, मातहतका कार्यकर्ता त मात्र आदेश सुन्न, निर्देशन सुन्न कहिले कहिले त उनका नीजी जीवनका कथा सुन्न पार्टीमा सङ्गठित भएका हुन् जस्ताे गरिन्छ। पार्टी वा पार्टी निकट जनसङ्गठन चलाउन उ लायक हुने, कसैका लागि समाबेशी देखाइदिन, समाबेशी भईदिन त्याे पात्र आबश्यक हुने तर उही अरू तमाम एजेण्डाउपर छलफलमा सहभागि हुन गराउन अयाेग्य ठानिने प्रबृति यथावत छ। छलफलमा सहभागिताकाे माग गर्ने वा सम्बन्धित बिषयका बारेमा जानकारी माग गर्नुलाई अपराध गरेकाे ठानिन्छ,लाभ खाेजेकाे बिल्ला भिराइन्छ,गुठकाे पगरी गुताईन्छ। कथित उद्घाटन र शिलान्यासमा दाैडिनुलाइ जनताकाे पक्षमा ब्यस्त वा जनपक्षिय गतिबिधीमा अति ब्यस्त भनेर प्रचार गरिदिनुपर्ने माग हुन्छ। यस्ता अनाबश्यक काममा अल्झनुहुन्न भन्नेलाइ टेडाे आँखाले हेर्ने गरिन्छ। याे प्रबृति जताततै सर्बत्र छ। माथिदेखि तलसम्म छ।तपाइँदेखि म सम्म छ। अनि त आजका जल्दाबल्दा समस्या समाधानका लागि बैठक आबश्यक छ भनेर उत्तिकै याेग्यता राख्नेले माग गर्दा आनेकाने गरिन्छ। जिम्मेवारी देशकाे मुहार फेर्ने,आमुल परिवर्तन गर्ने छ। शैली त्यसले पाे जस् लिन्छ कि भन्ने किच्चक प्रबृति छ।आफैं मै मात्र अति जान्ने सुन्ने हुनुपरेकाे छ र त अध्यादेश आयाे, जारी भयाे,खारेज भयाे।
अतः समस्या पात्रमा हाेइन, प्रबृतिमा छ।याे प्रबृतिमा सुधार ल्याउन जरूरी छ। छलफल साे बिसयमा हुनुपर्छ। हरेक महिना सिद्धान्तकाे छलफल चलाउनुपर्ने भयाे। घाेषणा पत्र र बिगतमा गरिएका बाचा, कबाेल,भाषणहरू स्मरण गरिरहने थिति बसाउनुपर्याे। हरेक महिना ७० वर्षसम्म हामीले प्रश्न गर्याै,अब उत्तरदिने ठाउँमा छाैं, कसरी उत्तर दिने? कहाँ कमि भयाे छलफल गर्नुपर्ने भयाे।
यता छलफल हुनुपर्ने याे बेला पात्रकाे बारेमा चर्चा हुनु गलत छ। कथित पावर शेयरिङकाे कुरा पाे हुन थालेकाे छ। पात्र पनि महत्वपुर्ण हाेला तर बदल्नुपर्ने प्रबृति नै हाे। याे प्रबृतिमा परिवर्तन हुने गरिने बिधि बनाउन पर्याे। याे प्रबृतिमा परिवर्तन नगर्ने हाे भने पात्र परिवर्तनले आमुल परिवर्तन संभव छैन।जनताले अनुभूति गर्ने परिवर्तन संभव छैन।याे प्रबृतिलाइ सुधार नगर्ने हाे भने आज ए समुहकाे ब्यक्ति भएकाे ठाउँमा बि समुहकाे ब्यक्ति हुँदैमा गतिशिल काम कसरी हुन्छ? कथित अध्यादेश प्रकरणकै कारण आेलीकाे बिकल्प साेच्न पनि सकिदैन।आउने भनिएका संभाबित अरू पात्र पनि कमजाेरी रहित छैनन्। कतिपय दृष्टान्तहरू घिनलाग्दा छन्। तसर्थ प्रबृति सच्याउन छलफल चलाेस्। फलस्वरूप तीनै तहका सरकार गतिशिल हुन्। सामुहिक भावनाले आेतपाेत हुन्।आगामी १०० वर्षसम्म कसैले काट्न भत्काउन नसक्ने, काट्न भत्काउन मन नलाग्ने थिति बसाउन सकियाेस्।जनताकाे जनजीविकामा आमुल परिवर्तन आवस्। नेतृत्वकाे ध्यान यता जान जरूरी छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here