चरिकोट दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाले क्वारेन्टाइनमा राखेका २३ जना मध्ये एकजनाको स्वाब टेष्टमा कोरोना नेगेटिभ आएको छ ।
आफन्तको मृत्युु पश्चात भारतबाट आएका उनलाई र उसंगै काठमाडौंबाट आएका २२ जनाले गत हप्तादेखि सिंगटी स्थित प्राथमिक स्वास्थ चौकी नजिकै क्वारेन्टाइनमा राखिएकोमा उनमा कोरोना नेगेटिभ देखिएको हो । रिपोर्ट नेगेटिभ आएसंगै उनि र अन्यमा कोरोना संक्रमण फैलने जोखिम कम भएको छ । तर पनि उनिहरु सबैलाई १४ दिनसम्मै क्वारेन्टाइनमा राख्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विन कुमार थामीले जानकारी दिनुभयो ।
आईतबार (आज) उनको रिपोर्ट आएको र कोरोनाको संक्रमण नदेखिएको स्वास्थ कार्यलयका प्रमुख विभु कुमार झा ले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार घाँटी र नाकको स्वाब संकलन गरेर परिक्षणका लागि काभ्रेपलाञ्चोक स्थित धुलिखेल अस्पताल पठाइएको थियो। ती व्यक्तिमा कुनै शंका लागेर वा कोरोना लक्षण देखिएर नभई ट्राभल हिस्ट्रीका कारण स्वाब परिक्षणका लागि पठाइएको र रिपोर्ट नेगेटिभ आएको स्वास्थ कार्यलयका प्रमुख झा ले बताउनुभयो।
लकडाउनको समयमा गत आईतवार राती उनी सहित २३ जना व्यक्तिहरुलाई कालिञ्चोक गाउँपालिकाले सिंगटीमा बनाएको क्वारेन्टाइनमा राखिएको थियो ।
बाहिरबाट आएको भन्दै गाउँलेले गाउँ प्रवेशमा रोक लगाएपछि कालिञ्चोक गाउँपालिका वडा नम्बर ४, ५, ६ र ९ का वासिन्दाहरु र तामाकोसी गाउँपालिकाको चालक र नुवाकोटको सहचालकलाई समेत क्वारेनटाइनमा राखिएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here