चरिकोट। दोलखाको भीमेश्वर नगरपालिकाले सञ्चालन गर्ने भनिएको एक घर दुई साबुन र एक व्यक्ति एक मास्क अभियानमा सहकारी संस्थाले साथ दिएका छन्।
कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिनका लागि नगरपालिकाले सो अभियान संचालन गर्ने भएपछि नगरभित्र कारोबार गरिरहेका सहकारीले साबुन सहयोग गरेका हुन्  भने, नेपाल कपडा तथा सिलाई व्यवसायी संघले मास्क बनाउन सहयोग गरेका छन्।
शनिबार जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईंले २१ हजार ६ सय वटा लाइफ बोइ साबुन मेयर भरत बहादुर केसीलाई हस्तान्तरण गर्नुभएको छन् । त्यसैगरी ३० हजार वटा मास्क समेत हस्तान्तरण गरिएको छ।
नगरपालिका भित्र मुख्य कार्यालय रहेका २१ वटा सहकारीको बैठकले नगरपालिकालाई साबुन खरिदका लागि पाँच लाख पचास हजार सहयोग  गरेको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष चौलागाईंले बताउनुभयो।
संक्रमण फैलिने उच्च जोखिमका माझ सदस्यहरुको घरघरमा पुगेर वा भीडभाड गरेर सहयोग सामाग्री वितरण गर्न नसकिने उल्लेख ग्रदै उहाँले नगरपालिकाको वडा स्तरीय संयन्त्र मार्फत बाढ्दा सुरक्षीत हुने भएकोले नगरपालिकासंग सहकार्य गरि अघि बढेको बताउनुभयो ।
त्यसैगरी कपडाको मास्क प्रतिगोटा दस रुपैयाँ नगरपालिकाले र बाकी नेपाल कपडा तथा सिलाई व्यवसायी संघले बेहोर्ने शर्तमा ३० हजार मास्क तयार गरिएको छ।
भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले आइतबारबाट वडा स्तरीय समन्वय समिति मार्फत घरघरमा साबुन तथा मास्क वितरण गर्ने बताउनुभयो । उहाँले नगरपालिकाभरीका १० हजारभन्दा बढी घरधुरीमा साबुन तथा मास्क दिने बताउनुभयो ।
त्यसैगरी आजै प्राथमिक स्वस्थ्य केन्द्र चरिकोट, तारादल गण, सशस्त्र प्रहरी गण,जिल्ला प्रहरी कार्यलय र पत्रकार महासंघ जिल्ला शाखालाई एकएक बाक्सा साबुन बितरण गरिएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here