चरिकोट । दोलखाको विगु गाउँपालिका -१ स्थित लामाबगरमा निर्माणाधीन बहुचर्चित तामाकोसी आयोजना अवलोकनका लागि प्रवेश निशेध गरिएको छ।
विश्वभरि नै महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट आयोजनाको कामलाई आसर नपुर्‍याउन भन्ने उद्देश्यले आयोजना क्षेत्रमा अवलोकनका लागि प्रवेश निशेध गरिएको हो। आजनालेे एक सुचनाा जारी गरि चैैैत ९ गतेदेखि २१ गतेसम्म अवलोकनमा बन्द गरेको छ। हालसम्म आयोजनामा कार्यरत सबै स्वदेशी तथा विदेशी कामदारहरु संक्रमणबाट सुरक्षित रहेको उल्लेख गर्दै आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले आउने समयमा समेत कामदाहरुको सुरक्षामा ध्यान दिई प्रवेश निशेध गरिएको बताउनुभयो ।
उहाँले बाँध लगायत हेडवर्कसको प्राविधिक परिक्षण गरिरहेको माथिल्लो तामाकोसी आयोजनाको काममा अहिलेसम्म कोरोना भाईरसको प्रकोपले खासै प्रभाव नपारेको बताउनु भयो ।
स्वदेशी लगानिमा निर्माण भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा अहिले बाँध, इन्टेक, बालुवा थिग्राउने पोखरी, गेट, स्टपलग लगायत अन्य हेडवर्कसका संरचनाहरुको प्राविधिक परिक्षण सुरु भै रहेको छ । परिक्षणको क्रममा बाँधमा पानी राखेर परिक्षण सुरु गरिएको र अहिलेसम्म को परिक्षण राम्रो रहेको प्रवक्ता डाक्टर न्यौपानेले बताउनु भयो ।
आयोजनामा मुख्य कामदार र प्राविधिकहरु चिनिया, इटलियन र भारतिय नागरिकहरु रहेका छन् । तर उनीहरु कोरोनाको समस्या हुनु अघिदेखिनै निरन्तर आयोजनाको काममानै रहेकोले समस्या देखिएको छैन।
आयोजनामा ठेकेदार कम्पनिको काममा अहिलेसम्म समस्या नभएपनि कन्सल्टेन्टको काममा भने केहि समस्या देखिएको छ । कोरोना भाईरसको प्रकोप पछि आयोजनाको कन्सल्टेन्ट कम्पनिमा काम गर्ने विज्ञ, प्राविधिकहरुले अहिले आफ्नै घरबाट निर्देशन गरिरहेको आयोजनाले जनाएको छ ।
आयोजनाको काम अहिलेसम्म ९९ दशमलब ४ प्रतिशत सकिएको र आगामी साउनमा एउटा टर्वाईनबाट ७६ मेगावाट परिक्षण उत्पादन गर्ने लक्ष्यका साथ काम भै रहेको छ।

 

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here