चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा प्रथम भीमेश्वर कप वडा स्तरीय तथा प्रथम मेयर कप अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ।
भीमेश्वर नगरपालिका वडा नम्बर -३  चरिघ्याङ स्थित रोयल मकैबारी फुटसल एण्ड स्पोर्ट्स  हाउस शनिबारबाट सुरु भएको प्रतियोगितामा १९ टिम सहभागी छन्।
भीमेश्वर नगरपालिकाको आयोजना र रोयल मकैबारी फुटसल एण्ड स्पोर्ट्स  हाउसको सहआयोजनामा भएको प्रतियोगिताको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले गर्नुभयो। उहाँले नगरपालिकाले खेलकुदमा खुला हृदयले सहयोग गरेको बताउनुभयो । सबै वडामा खेल मैदान बनाउनेदेखि जिल्लाकै सानको रुपमा कवर्ड  हल निर्माण देखि फुटबल मैदानसम्म बनाउ नगर लागेको उल्लेख गर्दै नगर प्रमुख केसीले अब खलाडीहरु खेल मैदानकै अभावमा खेल खेल्नबाट वञ्चित हुन नपर्ने बताउनुभयो । उहाँले खेलकुदले युवाहरूलाई अनुशासित र रोजगारी दिन मात्रै नभएर कुलतमा फस्नबाट समेत जोगाउने बताउनुभयो।
भीमेश्वर कप वडा स्तरीय खेल तर्फ नगरपालिकाका वडा नम्बर – २ बहाएक अन्य आठ वडा सहभागी भएका छन् भने अन्तर विद्यालय स्तरीय प्रतियोगिता तर्फ अलपाईन पब्लिक स्कुल, त्रिपुरा ग्लोरियस एकेडेमी, मालिञ्चोक मावि, बुढा भीमशेन मावि, आकुरा इङलिस बोर्डिङ स्कुल, कुटिडाँडाँ मावि, माउन्ट भ्येली बोर्डिङ स्कुल, मोर्डन नेपाल बोर्डिङ, सरस्वती मावी जिरी र द-राइजिङ स्टार बोर्डिङ “ए” र “बि” रहेका छन्।
वडा स्तरीय र अन्तर बिद्यालय स्तरीय प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमहरुलाई क्रमशः २५ हजार  र १० हजार नगद सहित ट्रफी, मेडल र  प्रमाणपत्र प्रदान गरिने सहआयोजक एवम् फुटसल  हाउसका अध्यक्ष राजु तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्रबार दुवै  प्रतियोगिताको लिग र क्वाटर फाइनल खेलहरु सम्पन्न भएको छ। अाजको खेलबाट वडा  स्तरीय प्रतियोगिता तर्फका वडा नम्बर ३, ६, ७ र ८ सेमिफाइनलमा प्रवेश गरेको छ। त्यसैगरी अन्तर बिद्यालय तर्फ अलपाईन पब्लिक स्कुल, त्रिपुरा ग्लोरियस एकेडेमी, मालिञ्चोक मावि, आकुरा इङलिस सेकेण्डरी बोर्डिङ द-राइजिङ स्टार ‘ए’र ‘बि’, माउन्ट भ्येली बोर्डिङ स्कुल र मोर्डन नेपाल बोर्डिङ गरि अाठ टिम सेमिफाइनलमा प्रवेश गरेको छ।
सेमीफाइनल र फाईनल खेल आईतवार हुने आयोजकले जनाएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here