अध्ययनका लागि अस्ट्रेलियामा पुगेका दोलखाली युवायुवतीहरु संगठित भएका छन्। नयाँ विद्यार्थीहरुलाई रोजगारको लागि सहोग, विरामी र अप्ठेरोमा परिस्थितिमा सहयोगको लागि पहल जस्ता उद्देश्यका साथ दोलखा समाज अस्ट्रेलिया नामक संस्थामार्फत दोलखाली युवायुवती तथा बिद्यार्थीहरु संगठित भएका हुन्।
न्यु साउथ वेल्सका लागि नेपाली  महाबाणिज्यदुत दिपक खड्काको प्रमुख आतिथ्यमा आइतबार भएको कार्यक्रमले दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर -७ कुप्री निवासी  विष्णु वरसिंह थापाको नेतृत्वमा १३ सदस्यीय दोलखा समाज अस्ट्रेलियाको घोषणा गरेका छन् ।
नबगठित तदर्थ समितिको उपाध्यक्षमा क्रमशः रमेश थापा र कलम खड्का, सचिवमा राजकुमार खड्का र कोषाध्यक्षमा निराजन थापा चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा अन्जना कार्की बस्नेत, जिना श्रेष्ठ, प्रदीप दहाल, युवराज थापा, सागर दाहाल, ईश्वर बस्नेत, रविन्द्र उप्रेती र प्रदिप थापा रहेका छन् । संस्थाको संरक्षकमा राम्जी बस्नेत, सल्लाहाकारहरुमा भरत पोखरेल, अन्जन कार्की र दिपेन्द्र उप्रेतीलाई चयन गरिएको छ।
अस्ट्रेलियामा रहेका दोलखा जिल्लाबासिलाइ संगठित गर्दै सामाजिक अभियानमा क्रियाशिल गराउने उदेश्यले संस्था स्थापना गरिएको उल्लेख गर्दै अध्यक्ष थापाले नेपालको शिक्षा स्वास्थ्य तथा वातावरणको क्षेत्रमा समेत सहयोग गर्ने उदेश्य रहेको बताउनुभयो ।
उहाँका अनुसार नवगठित समितिले संस्थाको विधान निर्माण गर्ने र साधारण सभा मार्फत नयाँ कार्यकारी समिति चयनको आधार निर्माण गर्ने छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here