चरिकोट । नेपाली कांग्रेस दोलखाका महासमिति सदस्य केशवराज चौलागाईंले प्रदेश राजधानी हेटौंडाका पक्षमा मतदान गरेर क्षमा मागेका प्रदेश सांसद पशुपति चौलागाईं जागिरे भएर अरुको काम गर्दा जनतासंग माफी माग्न नपर्ने बताएका छन्।
२०७४ सालको प्रदेश सभा चुनाबमा दोलखा क्षेत्र नम्बर -२ बाट नेकपाको चौलागाको प्रतिस्पर्धीको रुपमा चुनाव लडेर हारेका केशवराज चौलागाईले फेसबुकमा स्ट्याटस पोस्ट गर्दै तलबीहरुले मालिकले भनेको मान्दा खासै असर नपर्ने र जनतासंग माफी पनि मागिरहनुनपर्ने बताएका हुन्।
यस्तो छ फेसबुकमा पोस्ट भएको स्ट्याटस:
माननीय ज्यु, केही दिन पहिले प्रदेश सभाको मुकाम र नाम टुङ्गो लगाउने विषयमा तपाईंले राख्नु भएको धारणा पढे।त्यसमाथिको क्रियाप्रतिक्रिया पनि हेरें।बन्धुभावका हिसावले तपाईंका प्रति मेरो सद्भाव जीवन भर कायमै हुनेछ।तर एक राजनीतिज्ञ र जन प्रतिनिधिका रुपमा तपाईंसंग केही सवाल राख्दै छु।
संगै चुनावी प्रतिस्पर्धामा जांदा मैले चुनावी मन्चहरुबाट पटक पटक चुनाव जितेर गए पनि केवल जागिर मात्र खानु भो भनेको थिए।अरु समारोहमा पनि तपाईंकै अगाडि पनि भनें” तपाईं र म मा के भिन्नता? तपाईं जित्नु भो म हारे।म पनि लेख्छु बल्छु ,तपाईं पनि लेख्ने बोल्ने गर्नु हुन्छ। दुवैजनाको कुराको कतै सुनुवाई हुंदैन।तपाईं तलव खानु हुन्छ म खान्न ।
मेरो अभिव्यक्तिले सायद तपाईंलाई मन दुख्यो पनि होला ।अाखिर मेरो कुरा सत्य सावित भएन त???
‘अाफ्नै विरुद्ध मतदान गरें’ भनेर क्षमा माग्नु भएको रैछ। को संग माफी माग्नु भाको? जनतासंग? पार्टीसंग? कि स्वयंसंग?नुनको सोझो त गर्नुभाकै छ।मालिकको अादेश अक्षरस मान्नु भाकै छ।दोलखा प्रदेश २ का जनताले किन क्षमा गर्नु पर्ने? बाग्मति प्रदेशको मुकाम हेटौडा तोक्नु भयो।
तपाईंसंग निर्वाचनमा पराजित हुंदा पनि म गर्वित नै थिए।किनकि सिङ्गो नेकपा र यत्रो ठूलो नेतासंग म चुनाव लढेको थिए। तर तपाईं जनप्रतिनिधि न भई केवल नेकपाको जागिरे सिवाय के हुनु भयो।?
हाम्रो प्रदेशको नाम र मुकाम जनताका लागि त पायक छैन छैन तपाईं स्वयंलाई पनि अपायक छ भन्ने कुरा तपाईंले व्यक्त गरेको धारणाको अाशय हो जस्तो लाग्छ।यदि त्यसो हो भने सत्य र न्यायको पक्षमा किन उभिन सक्नु भएन?
मैले निर्वाचन ताका प्रस्ताव गरेको थिए`हामी एउटा थिति बसालौं,चुल्ठे मुन्द्रे नपोसौ,जनता टुडिखेलमा बोलाअौ,अा-अाफ्ना यजेन्डा प्रस्तुत गरौं ,जित हार जेजे भएनि निर्वाचन पद्धतिको नयां थिति बसाअौं।´ मान्नु भएन।
१० अोटा डिभिजन कार्यलयहरु अन्य जिल्लामा सरे रोक्ने प्रयत्न समेत देखिएन।तामाकोशी करिडोरको बाटो वारि बाट तय भाको थियो जुन पारि पट्टीबाट डिजाईन हुदैछ । यो निर्वाचन क्षेत्रको प्रतिनिधिका हैसियतले तपाईं मौन बस्नु पर्ने हो??
फिल्म सिटी छेपराको कथा भो, चीन भारतको छोटो मार्ग सिल्क रोड सोचाईको गर्भमै विलिन छ।तामाकोसी -३ तेस्रो २२० मेगावाटको लाईसेन्स दिएर ६५०को बनाउने दवाव दिएर निर्माण नै नहुने परिस्थिति बनीरहेको छ।
वर्षौं वर्ष थामी समुदायको मत कुम्ल्याउन सफल हुनुभो।त्यही समुदायको पालिका प्रमुख मुकाम टुङ्गो लाउन नसकेर हावाकावा पारिएको छ।लामासाघु जिरी सडकको अव्यवस्थाले यो जिल्ला र क्षेत्र १० वर्ष पछि धकेलिएको छ।जिल्ला सदर मुकाममा सुन्यता बढ्दो छ।यसमा जबाफदेहिता कस्को हुनु पर्ने??
माननीय ज्यु भीम दाईले त यौटा सादगी राजनीतिको नमुना प्रस्तुत गरेर जानू भो।ईन्द्र ब खड्काले अात्माको अावाज धितो बन्दकी राख्नु भन्दा बाहिरिनु बेस भनेर राजनीतिमा अरुची राख्नु भो। तपाईंसंग नि अाशा थियो तर……??
राजनीति त सत्य र न्यायका लागि हो जस्तो लाग्छ मलाई ।दल बिशेषको खेतालो वा गोठालो मात्रै त होईन नि।कम्तीमा अाफ्नो कार्यकालमा एउटा त थिति बसाल्नु भलै जात्रा किन नहोस।यो मुलुक तपाईहरुको कारण वेथिति तिर उन्मुख छ।
मानिसहरु गाउँ छोडेर शहर पस्दै छन।लगानी गाउंतिर अोईराउडै हुनुहुन्छ।गाउँ समाजलाई रमणीय बनाउने कुनै प्रयत्न छैन।निजी स्कुल कलेज र हस्पिटलमा तपाईं सम्बद्ध दलकै मान्छेहरुको हालीमुहाली छ।सहकारीहरु त कव्जै गरेका छन।दलीय छुवाछुत तिव्र गतिमा बढेको छ।वर्तमान समाज विकास क्रम के सकारात्मक दिशा तिर उन्मुख छर??
हुन त प्रदेश स्तरमा त तपाईको भुमिका अगन्य छ राष्ट्रिय स्तरको कुरा के सुनाउनु छर!! तै पनि MCC को कुराले मुलुक अन्तर्राष्ट्रिय युद्धको कारण बन्दै छ।सम्झौता गरे पनि ,नगरे पनि चिनियाँ बल्क र अमेरिकन बल्कमा मुलुक बिभक्त हुने देखिन्छ।
दलीय स्वार्थ र तुच्छता बाट अलिकति माथि उठ्ने प्रयास भए ,सबै नागरिकको प्रतिनिधि हुँ भन्ने भावना मनमा पैदा भए न क्षमा माग्नु जरुरी छ न क्षमा दिनु जरुरी छ।
अाफ्ना कारणले समाजमा पुगेका योगदानहरुको शुचि बनाएर अगाडि बढ्ने शक्ति प्राप्त हवस।
जयनेपाल!!!!

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here