कैलाश लामा 
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर –८ का बिद्यालयलाई स्मार्ट कक्षा सञ्चालनका लागि टिभी वितरण गरेको छ ।
वडा नम्बर –८ मा जिल्लामै पहिलोपटक स्मार्ट कक्षा सञ्चालनमा ल्याएका देवी मावि बोच, पृथ्वीनारायण आधारभूत बिद्यालय ठुलीनागी र लामिडाँडा प्रावि कार्की गाउँलाई एकएक थान स्मार्ट टिभी प्रदान गरिएको हो।
शुक्रबार भीमेश्वर नगरपालिकाको उपमेयर कमला बस्नेतले एक कार्यक्रमका माझ बिद्यालयका शिक्षकलाई टिभी हस्तान्तरण गरिएको वडा अध्यक्ष नकुल केसीले जानकारी दिनुभयो ।
देवी माविलाई ३९ हजारको रुपियाँको ४० इन्चको एलसिडि टिभी र पृथ्वीनारायण आधारभूत र लामिडाँडा प्राविलाई चौबीस–चौबीस हजारको ३२ इन्चको गरि कुल ८३ हजार रुपियाँको एलसिडि टिभी प्रदान गरिएको छ । वडाले चालू वर्ष स्मार्ट कक्षा तथा कोठा व्यवस्थापनका लागि सात लाख ५० हजार विनियोजन गरेको उल्लेख गर्दै वडा अध्यक्ष केसीले देवी माविलाई स्मार्ट कक्षा व्यवस्थापनका लागि ३ लाख ५० हजार रुपियाँको अख्तियार दिएको बताउनुभयो ।
देवी माबी बोचका प्रधानाध्यापक किशोर दहालले बिद्यालयमा एक वर्ष अघिदेखि नै स्मार्ट कक्षा सञ्लनमा ल्याएको बताउनुभयो । उहाँले अडियो र भिजियोल प्रविधिबाट पढाउने विधिले बिद्यार्थीहरु कक्षामा नियमित आउने, कक्षा छोडेर नभाग्ने, सिकाइ उपलब्धि र बिद्यार्थीहरुको व्यवहामा समेत उल्लेखनीय परिबर्तन आउने गरेको बताउनुभयो ।
नर्सरी, एलकेजी र युकेजी गरि तीन तहमा सञ्चालन भएको स्मार्ट कक्षामा ४८ जना बिद्यार्थी छन् ।
यसलाई एक कक्षा हुँदै तीन कक्षासम्म सञ्चालन गर्ने योजनाका साथ बिद्यालय अघि बढेको प्रधानाध्यापक दहालले बताउनुभयो । बिद्यार्थीहरुको शिकाइ क्षमताको अभिवृद्धि र सिकाई प्रति आकर्षित गराउने स्मार्ट कक्षामा प्रपर टर्टल सफ्टवेयर र एकीकृत पाठ्यक्रम अनुसार तयार पारिएका पाठ्यपुस्तकबाट श्रब्य दृश्य माध्यमबाट अध्यापन गराइन्छ ।
पृथ्वीनारायण आधारभूत बिद्यालय र लामिडाँडा प्राविमा भने एकएक तहको स्मार्ट कक्षा सञ्चालनमा आएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here