महोत्सवमा २५ किलोको तरुल प्रदर्श

कैलाश लामा
चरिकोट दोलखा। दोलखा भीमेश्वर नगरपालिकाका एक किसानले एउटै जिलीबाट २५ किलोको घर तरुल उत्पादन गरेका छन् । नगरपालिकाको वडा नम्बर–६ स्थित रामकोटका किसान माधव प्रसाद न्यौपानेले एउटै जिलीबाट २१ किलोको हात्तीपाइले तरुल उत्पादन गरेका हुँन।
उत्पादित तरुलललाई सदरमुकाम चरिकोटमा सञ्चालनमा रहेको किवी महोत्सवमा प्रदर्नमा राखिएको छ । रातो हात्तीपाईले यो तरुल खानको लागि स्वदिलो र बजारमा राम्रो भाउमा विक्री हुने उल्लेख गर्दै किसान माधव प्रसादले दुई वर्षमा उत्पादन गरिएको यो तरुलको बजार मू्ल्य पाँच हजार रुपियाँ पर्न आउने जानकारी दिनुभयो । महोत्सवमा यो तरुल हेर्नेको भीड नै लागेको छ । ‘यो तरुलाई महोत्सव अवधिभर स्टलमा राख्ने र त्यसपछि आवश्यकता अनुसार काटेर बेच्ने छु ।’ उहाँले भन्नुभयो ।
हात्तीपाइले जातको यो तरुललाई एक वर्ष वेर्ना बनाउ र दुई वर्ष उत्पादनको समय लागेको थियो । गेडा बीउबाट तयार गरिएको दुई सय ग्रामसम्मको जिली बीउलाई गोबर र पत्कर सहित खाल्डोमा रोपेपछि दुई वर्षमा उत्पादन दिने किसान न्यौपानेले जानकारी दिनुभयो । यसरी रोपेको तरुल खन्न र निकाल्न सजिलो हुने उहाँको दावी छ ।
पानी नजम्ने माटो चाहिने तरुललाई खेतबारीको डिलमा रोप्ने गरेको उल्लेख गर्दै उहाँले ४० भन्दा बढि बोट तरुल लगाएको बताउनुभयो। एउटा बोटमा १० देखि २० किलोसम्मको तरुल उत्पादन हुने गर्छ ।
आयोजक भीमेश्वर नगरपालिकाले किवी महोत्सवमा किवी बाहेक जिल्लामा उत्पादित कृषि जन्य उत्पादनलाई समेत प्रदर्शनीमा राख्न दिने भनेसंगै किसान माधव प्रसादले एउटा स्टलमा तरुल र त्यसको वीउ बिक्री गरिरहनुभएको छ । प्रदर्शनीमा रातो सेतो हत्तीपाईले जातका तरुल राखिएको छ । दुई दिनमा १० हजारको बीउ र तरुल बेचेको उल्लेख गर्दै उहाँले बीउ गेडाको प्रतिगोटा २५ रुपियाँ र तरुलको दुई सय रुपियाँमा बिक्री गरिएको जानकारी दिनुभयो ।
मानव विकासको सुरुवातमा मानिसले खाने भनिएको कन्दमूल मध्येको एक तरुल पनि हो । तरुललाई तरकारीको रुपमा र उसिनेर खाने गरिन्छ । घर तरुल विशेषगरी माघे माघे संक्रान्तिमा खाने गरिन्छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here