चरिकोट । भीमेश्वर नगरपालिका वडा नम्बर ७ कुप्री गाउँका ६२ घरधुरीमा एक घरएक धारा जडान गरिएको छ। विकासका सबै पुर्वाधारबाट सहज भए तापनि वर्षौंदेखि खानेपानीको समस्या रहेको यो गाउँका प्रत्येक घरधुरीमा धारा जडान गरिएको हो।
कुप्री खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष एवम् स्थानीय पुर्ण बहादुर थापाले घरघरमा पानी धारा आएपछि स्थानीयहरू खुसी भएकाले पानीको मुहान सहयोग गर्नेदेखि ट्याङ्की, पाइप र घरघरमा धारा निर्माण गरि सहयोग गर्ने सबैप्रति धन्यवाद ब्यक्त गर्नुभयो ।
युएसएड, भीमेश्वर नगरपालिका,स्थानीय उपभोक्तको आर्थिक सहयोग र सेवक नेपाल र सामुदायिक विकास मञ्च नेपालो प्रविधिक सहयोमा सम्पन्न भएको यो आयोजनाको कुल लागत २६ लाख ६० हजार ३३७ रुपैयाँ हो। जसअनुसार एक इनटेक सहित ४ वटा ट्याङ्की, कुलो र ६२ वटा धारा निर्माण भएको सेवक नेपालका संयोजक प्रलाद तिमल्सिनाले जानकारी दिनुभयो। आयोजनाबाट दुई सय ५४ जना लाभान्वित हुनेछन् भने एक बिद्यालय र एक स्वस्थ्य चौकी समेत यस आयोजनाबाट लाभान्वित हुने उहाँले बताउनुभयो।
निर्माण अबधि  २०७५ फागुन १७ देखि २०७६ जेठ ३० गतेसम्म भएपनि यो आयोजना शुक्रबार(हिजो ) मात्रै  अौपचारि रुपमा समुदायलाई हस्तान्तरण गरिएको छ। उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा पुग्नुभएका भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले आफ्नो मिहेनत भएका योजना टिकाउ हुने र समुदायले यसलाई उपयोग र संरक्षण गर्नेमा विश्वस्त रहेको बताउनुभयो । घरघरमा पानी धारा आइसकेपछि घर, आँगन, चर्पी सरसफाइमा ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले आर्थिक उपार्जनका लागि घर वरपरका करेसा बारीमा तरकारी खेती गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले त्यसमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
आयोजना हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा वडा नम्बर -७ का वडा अध्यक्ष कैलाश कुमार श्रेष्ठ, भीमेश्वर नगरपालिकाका कानुनी सल्लाहकार कृष्ण बहादुर बस्नेत, नेकपा भीमेश्वर कमिटीका सभापति कुमार विश्वकर्मा, सेवक नेपालका संयोजक प्रलाद तिमल्सिना, सिडिएफका फिल्ड कोअर्डिनेटर शरद सापकोटा, जग्गा मुहानदाता सोमबहादुर तामाङ र स्थानीय उपभोक्तहरुको उपस्थिति थियो। कार्यक्रममा जग्गा मुहानदाता सोमबहादुर तामाङलाई सम्मापत्रले सम्मान गरिएको कुप्री खानेपानी उपभोक्त समितिले जनाएको छ। समितिका अनुसार उपभोक्तको तर्फबाट ३१ हजार  र सेवक नेपाल/युएसएड (सफा पानी परियोजना ) ३० हजार गरि ६१ हजारको आयोजना सञ्चालन तथा मर्मत कोष खडा गरिएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here