जिल्लाको ९ वटै स्थानीय तहमा भव्य स्वागत र शुभकामना

गृह जिल्लामा स्वागत र शुभकामना दिने क्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको १३९ फोटो
अत्याधिक मतान्तरले दोलखा जिल्लाबाट विजयी पार्वत गुरुङ संघीय सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्ति भएसंगै जिल्ला बासीलाई पुनः एकपटक धन्यवाद ज्ञापन गर्न जिल्ला भ्रमणमा आएका छन् ।
मन्त्री भएको छैठौं दिन ११ गते बुधबारदेखि जिल्ला भ्रमणमा हिडेका मन्त्री गुरुङलाई जिल्लाका ९ वटै स्थानीय सरकार, संघसंस्था र जनताले स्वागत तथा बधाई दिएका छन् ।
प्रधानमन्त्री केपी ओलीले पुनर्गठन गरेका मन्त्री परिषदमा दोलखाबाट संघीय संसदमा प्रतिनिधित्व गरेका पार्वत गुरुङ मंसिर ५ गते महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका थिए ।
निकटतम प्रतिद्धन्दी भन्दा ३० हजार ६ सय ४४ मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका गुरुङ महिला वालवालिका तथ जेष्ठ नागरिक मन्त्रीको रुपमा गृह जिल्ला प्रवेश गरेसंगै मन्त्री गुरुङको स्वगत र शुभकामना प्रदानमा विशेषगरी उहाँकै क्षेत्राधिकारभित्र पर्ने महिला, जेष्ठ नागरिक र बालबालिकाहरु सकृय रहेका छन्। सडक, बाटो, चौतारी, बिद्यालय र बस्तीबस्तीमा मन्त्रीको स्वागतका लागि जेष्ठ नागरिक र बिद्यार्थीहरु उत्रिएका थिए । स्वागत तथा सुभकामन प्रदान १३९ वटा फोटोमा

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here