काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अपाङ्गता भएकाहरुलाई सुविधाबाट वञ्चित हुन नदिनका लागि छुट्टै नियमावली ल्याउने बताउनुभयो।
राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिको २८ औँ अन्तर्राष्ट्रिय दिवसका अवसर मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।
‘अपाङ्गतासम्बन्धी नीति तथा कानूनलाई समावेशी बनाउन सरोकारवालासँग समन्वय गरेर अघि बढ्न सरकारले तयारी गरिरहेको छ’ उहाँले भन्नुभयो,’त्यसका लागि सरोकारवाला सबै निकायको साथ र सहयोगको जरुरी छ।’ उहाँले मन्त्रालयले पहिलोपटक राष्ट्रिय प्रतिवेदन निकाल्ने तयारी गरिरहेको प्रष्ट पार्नुभयो ।
मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले अपाङ्गता भएका व्यक्तिको उत्थानमा लागि पर्न सरोकारवाला सबै पक्षसँग आग्रह गर्नुभएको थियो । हालसम्म अपाङ्गता भएका व्यक्तिको राष्ट्रियस्तरको छुट्टै प्रतिवेदन बन्न सकेको छैन।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here