चरिकोट । घरदखी केहि तल रहेको गोठमा बाख्रालाई घाँस हाल्न हिडेका एक युवकलाई भालुले आक्रमण गरि घाइते बनाएको छ ।
मंगलबार बिहान ७ बजेको समयमा गोठमा रहेको बाख्रालाई घाँस हाल्न जाने क्रममा एक्कासि जंगली भालुले आक्रमण गर्दा विगु गाउँपालिका -४ चित्रका २४ वर्षीय टुल्के तामाङ घाइते भएका हुन्।
भालुको आक्रमणमा परि उनको टाउको र अनुहारमा चोट लागेको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम वोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते तामाङलाई सामुदायिक अस्पताल सिंगटीमा प्राथमिक उपचार पश्चात् थप उपचारबा लागि चरिकोट तर्फ पठाइएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here