चरिकोट । विगत ४ वर्षदेखि अलपत्र अवस्थामा रहेको दोलाखाको मुख्य नाका खाडीचौर -चरिकोट सडकको स्तरोन्नति तथा कालोपत्रे काम गर्न दबाका लागि दोलखा वासीले मानव साङ्लो बनाउने भएका छन् ।
ठेकेदार, सडक आयोजना र सम्बन्धित पक्षलाई सांकेतिक दबाब दिन नागरिक आन्दोलन स्वरुप मंगलबार सदरमुकाम चरिकोटमा मानव साङ्लो बनाउने भएका हुन् ।
बिहान ९:३० बजे सातदोबाटो चोकमा मानव साङ्लो बनाएर, मुखमा कालोपट्टी सहित सातदोबाटो घेराउ कार्यक्रम रहेको नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केले जानकारी दिनुभयो । उहाँले कार्यक्रम सवै दोलखालीलाई उत्रन समेत अनुरोध गर्नुभयो ।
भारतको एक्जीम बैंकको सहयोगमा सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरिकोटसम्म दुई प्याकेजमा ५५ किलोमिटर सडक चौडा सहित कालोपत्रेको ठेक्का लगाइएको थियो ।
खाडीचौरदेखि मुडे नजिकैको शहरे डाँडासम्म २५ किलोमिटर सडक नर्माणको जिम्मा पाएका भारतको सीमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वती/सुनौला खिम्ती जेभीले खाडिचौरदेखि ११ किलोमिटर सडक पिच गरेपनि दोस्रो प्याकेजको ठेकेदारले काम नै छाडेका छन् ।
शहरे डाँडादेखि दोलखाको चरिकोट स्थित देउराली डाँडासम्मको ३० किलोमिटर सडक स्तरोन्नतिको जिम्मा पाएको भारतको सकिल हैदर र नेपालको शंकर माली/सुनौला खिम्ती जेभीले दोलखाको भीमेश्वर नगरपालिका स्थित चर्नावती खोलासम्म सबबेसको काम सकाएपनि अन्य काम अलपत्र छाडकाको छन् ।
त्यसैले पनि अहिले चरिकोटका स्थानीयहरुले सार्वजनिक सवारीसाधनमा ठेकेदार कम्पनीका निर्देशक दिपक सापकोटाको पोष्टर टाल्ने अभियान नै चलाएका छन् ।
ठेकेदार कम्पनीमा पनि विशिष्ट श्रेणीमा गणना हुने आईसिवि (ईन्टरनेश्नल कम्पेटेटीभ विडिङ) कन्ट्रयाक्टरले नै निर्धारित समय भन्दा झण्डै २ वर्षसम्म काममा ढिलाइ गर्दा बर्षामा हिलाम्मे तथा हिउँदमा धुलाम्मे र खाल्डाखुल्डी बाटोमा यात्रा गर्न बाध्य दोलखाबासिहरुको गुणासो छ ।
बनाउन र भुक्तानी लिन सजिलो मानिजे स्ट्रक्चरको काम भने दुवै प्याकेजले करिब ९० प्रतिशत सकाएपनि जटिल मानिएको सडक पीचको काम गर्नमा भने दुवैले आलटाल र ढिला सुस्ती गरेका छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here