चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा रहेरका अलपाइन पव्लिक स्कुलले नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ।
पछिल्लो समय निजी क्षेत्रबाट शैक्षिक क्षेत्रमा उल्लेखनिय प्रगतिका नतिजा हासिल गर्दै अघि बढेका स्कुलले सदरमुकाम स्थित पत्रकार महासंघको भवन निर्मामानका लागि आर्थिक सहयोग गरेका हुँन ।
स्कुलले आयोजना गरेको अल्पाईन फिस्टा २०७६ को अवसरमा महासंघलाई २० हजारको चेक स्कुलका प्रिन्सीपल उद्धव थापाले महासंघका अध्यक्ष जीवन लामालाई प्रदान गर्नुभएको छ ।
पत्रकार अनि सञ्चार जगतले मात्रै शैक्षिक क्षेत्रका चुनौति, सम्भावना र प्रगतिका विषयलाई उठान गरेर समयानुकुल बनाउन सकिने भएकोले पनि पत्रकारहु प्रति आफू अनि स्कुल सकारात्मक रहेको उल्लेख गर्दै प्रिन्सीपल थापाले सबैको साझा संस्था र राज्यको चौथो अंग पत्रकार जगतको कार्यलय भवन निर्माणलाई सहयोग गरेको बताउनुभयो ।
जिल्लाकै नमूना र सुचनामैत्री भवन निर्माणको लागि स्कुलबाट यो पहिलो आर्थिक सहयोग हो । पत्रकार महासंघको एकतले भवन निर्माण कार्य सम्पन्न भएको छ। अब छिट्टै फिन्सिङ गरेर कार्यालय सर्ने तयारीमा रहेको अध्यक्ष लामाले जानकारी दनिुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here