चरिकोट । कृषकबाट उत्पादित सामाग्रीहरुको भण्डारण गर्ने उदेश्यले दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचमा शीत भण्डार केन्द्र बन्ने भएको छ।
गैरसरकारी संस्था तिलोत्तमा हिमाली फुड प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालि र भिमेश्वर नगरपालिकाको साझेदारिमा ४ करोड २२  लाखको अनुमानि लागतमा शीत भण्डार केन्द्र  बन्न लागेको हो।
शनिबार एक कार्यक्रमका माझ प्रदेश नम्बर ३ का भुमि ब्यवस्था, कृषि  तथा सहकारी मन्त्रि दावादोर्जे लामाले शित भण्डार केन्द्रको शिलान्यान्स गर्नुभयो । मन्त्रि लामाले दोलखाको कृषि क्षेत्रको बिकास र किसानहरुको पसिनाको सम्मानका लागि पनि यो भण्डारण केन्द्र अत्यन्तै महत्वपुर्ण भएको बताउनुभयो।उहाँले कृषिमा लागेका युवाहरुलाई प्रोत्साहन गर्न र स्वदेशमा नै रोजगारि सिर्जना गर्न पनि कृषिलाई आधुनिकिकरण गर्दै लैजान प्रदेश सरकार लागि परेको बताउनुभएको छ ।
प्रदेश सरकारले ७० प्रतिशत लगानी तथा नगरपालिका र तिलोत्तमा हिमाली पुढ प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको ३० प्रतिशत लगानीमा सुबिधा समपन्न भण्डारण केन्द्र निमार्ण गर्न लागिएको ब्यवस्थापक एबं संञ्चालक उसा थापाले बताईन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here