काठमाडौं । नेपालीहरूको महान चाड दशैंको माहौलमा गायक लोक पौडेल र गायिका टिका प्रसाईंको स्वरमा रहेको ‘दशैं आयो ’ बोलको गीत पुनःOSR Digital मार्फत सार्बजनिक गरिएको छ।
गत शनिबार युट्युव च्यानल मार्फत  सार्बजनिक  गरिएको उक्त गीतको भिडियोेमा मिस्टर मोडल अफ द वोर्ल्ड -२०१८ का बिजेता दिक्पाल कार्की र अभिनेत्री तथा मोडल रिमा विश्वकर्माले अभिनय गरेका छन् ।
हरि उप्रेतीको शब्द तथा विकास चौधरीको संगीत रहेको गीतको भिडियोमा उषा मलाहाले निर्देशन गरेका छन।
शिव ढकालको छायांकन रहेको भिडियोमा चर्चित नृत्य निर्देशक कमल राईको कोरियोग्राफी गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको छ। गीतमा कोरियोग्राफर कमल राईले निकै नै मिहेनत गरेर यो भिडियो तयार पारेकाले गीत र भिडो राम्रो बनेको छ।  साथै नेपालको हजारौं चलचित्रमा नृत्य निर्देशन गरिसकेका पुरानो कोरियोग्राफर कमल राईसंग काम गर्न पाउदा निकै नै खुसि भएको मोडल दिक्पाल कार्की बताउछन्। गीतको भिडियो निर्माणमा कुनै कुरामा कन्जुसाई नगरी फिल्मी शैलीमा तयार पारिएको निर्देशक मलाहाले बताइन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here