काठमाडौं । भर्सटायल गायक राजेश पायल राईको नयाँ गीत ‘ठमेलको बजारमा’को भिडियो सार्वजनिक भएको छ । गीतकार मिरादेवी राईको शब्द रहेको गीतमा मीरादेवीकै स्वर छ । गीतमा नविन कार्कीको संगीत छ ।
बैगुनी माया, तिमीलाई पाएँ, आऊ आऊँ साथीजस्ता आधुनिक गीतहरु बजारमा ल्याइसकेकी गायिका राईले गीतलाई दर्शकहरुले रुचाउनेमा विश्वस्त छिन् । सार्वजनिक गीतलाई सुमन केसीले एरेन्ज गरेका छन।
गत शुक्रबार युट्युव मार्फत सार्वजनिक भएको म्युजिक भिडीयोमा चर्चित मोडल दिक्पाल कार्की र हिरादेबी राई फिचर्ड छन् । भिडियोलाई जिजिविष राईले निर्देशन गरेका छन् ।भिडियोलाई ओम प्रसाईंले खिचेका हुन् भने सम्पादन तथा कलर करेक्सन अनिलकुमार महर्जनको रहेको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here