चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा सञ्चालनमा रहेको प्रथम शुभ दशै कप फुटसल प्रतियोगिताको उपाधि  क्षितिज युवा क्लबले हात पारेको छ।
भीमेश्वर नगरपालिका वडा नम्बर -३ चरिकोट चरिघ्याङ स्थित रोयल  मकैबारी फुटसल एण्ड स्पोर्ट्स हाउस प्रालिले आयोजना गरेको प्रतियोगितामा क्षितिज युवा क्लब विजेता हुनुका साथै इको टिपार्क मकैबारी उपविजेता भएका हुन ।
बिजेतालाई सिल्ड,मेडल, प्रमाणपत्रका साथै  नगद २५ हजार प्रदान गरिएको र उपविजेतालाई  सिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद १० हजार प्रदान गरिएको फुटसलका अध्यक्ष राजु तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार विजेता र उपविजेतालाई भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथि मेयर केसीले खेलकुदले युवाहरूलाई मिहेनती र कर्मठ बनाउने भएकाले युवाहरुलाई  खेल क्षेत्रमा  सहभागी गराउन बेलाबेलामा  प्रतियोगिताहरु सञ्चालनमा ल्याउनु राम्रो भएको बताउनुभयो ।
खेलकुदको बिकासमा टेवा पुर्‍याउन नगरपालिकामा समेत सुविधा सम्पन्न कवर्ड हल बन्दै गरेको उल्लेख गर्दै उहाँले नगरपालिकाले समेत आगामी दिनमा इनडोर खेललाई प्राेत्साहन गर्न प्रतियोगिता आयोजना गर्ने बताउनुभयो ।
प्रतियोगितामा इको टिपार्कका खेलाडी रसिन भुजेल उत्कृष्ट खेलाडी र  क्षितिज युवा क्लबका पुरोसोतम बुढाथोकी उत्कृष्ट गोल रक्षकको रुपमा सम्मानित भएको आयोजकले जनाएको छ। आईतवारबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १५ टिमले सहभागिता जनाएको थियो।
त्यस‌ैगरी प्रतियोगितालाई जय हनुमन्ते हार्डवयेर सप्लायर्स, शर्मा ट्रेडर्स, थापा इन्टरप्राइजेज, जेनिस पेन्ट र
सेन्चुरी बैंक सिंगटी शाखाले प्रायोजन गरेका थिए।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here