काठमाडौं । दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर -३ चरिकोट घर भएका युवा व्यवसायी सुजन रिमाल सम्मानित हुनुभएको छ।
लामो समयदेखि मुलुकको अर्थतन्त्र विकास तथा समृद्धिका लागि सकृय रहेर सामाजिक क्षेत्रमा समेत समर्पित भइ शिक्षित समज निर्माण गर्न सहयोग गरेको भन्दै रिमाललाई काठमाडौं स्थित मिडिया इन्टरनेशनलले सम्मान गरेको हो।
मिडिया इन्टरनेशनलको सातौं वार्षिकोत्सबको अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले सम्मानपत्र प्रदान गर्नुभएको मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले जानकारी दिनुभयो।
उहाँले देशका विभिन्न स्थानमा रहेका विपन्न वर्गका समुदायलाई अध्ययन शैक्षिक सामाग्री प्रदान गर्नुका साथै अनाथ बालबालिकाशरुलाई शिक्षा र स्वास्थमा सहयोग पुर्‍याएको भन्दै व्यवसायी रिमाललाई सम्मान गरेको बताउनुभयो।
सम्मानपछि व्यवसायी रिमालले आफूलाई सम्मानले सामाजिक कार्यमा थप उर्जा मिलेको बताउनुभयो । उहाँले यसअघि बाहिरका जिल्लामा सहयोग  केन्द्रित भएपनि अब आफ्नै जिल्लाका गरीब तथा जेहेन्दार बालबालिकाहरुलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
व्यवसायी रिमालले विगत ९ वर्षदेखि काठमाडौंमा रहि निर्माण तथा इन्टरियर डेकोरेसन सम्बन्धित काम गर्दै आउनुभएको छ।
व्यवस्थापन संकायमा स्नातकोत्तर सम्मको अध्ययन गरेका  रिमालले मेगासिटी इन्जिनिरिङ मार्फत सो काम गर्दै आउनुभएको हो।
त्यसैगरी उहाँले अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान र युरोपका विभिन्न दिशमा उच्च शिक्षाका लागि विद्यार्थीहरुलाई सुरक्षित र विश्वस्त वातावरणमा पठाउन शैक्षिक परामर्श संस्था समेत सञ्चालन गर्दै आउनुभएको छ।
उहाँको हाल तिनकुने स्थित अन प्वाइन्ट इन्टरनेशनल  (On Point international ) जानुका बचत तथा ऋण तथा सहकारी संस्थ र  नयाँ बानेश्वर स्थित अल्टरनेट एजुकेसन फाउन्डेसन (alternate education foundation) सञ्चालनमा छन्।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here