काठमाडौं- सभामुख कृषुणबहादुर महराले राजिनामा दिएका छन्। स‌सदमै काजमा कार्यरत महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका सभामुख महराले  छानविनमा सहयोग गर्न भन्दै राजीनामा दिएका हुन्।
उपसभामुखलाई दिएको राजीनामामा सभामुख महराले छानविन अवधी पुरा नहुँदासम्म सहयोगका लागि भन्दै राजीनामा घोषणा गरेका हुन् ।
राजीनामा पत्रमा अनौठो भाषा
सभामुख महरााले प्रतिनिधि सभा नियमावलीको नियम २११ (१) बमोजिम उपसभामुखलाई सम्बोधन गरी राजीनामा दिएका हुन्। राजीनामा पत्रमा भने अनौठो भाषा छ। भाषा हेर्ने हो भने राजीनामा हैन ‘निलम्बन’ को अर्थ लाग्छ। उनले राजीनामा पत्रमा ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको’ उल्लेख गरेका छन्।
नियमावली र संविधानमा भने यस्तो व्यवस्था छैन। लिखित राजीनामा दिएपछि पद रिक्त हुन्छ। छानबिन प्रक्रिया सकिनु वा नसकिनुसँग यसको मतलब हुँदैन। छानबिन सुरु भएपछि सांसद पद स्वतः निलम्बनमा पर्नेछ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here