चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा महिलाहरुको मात्रै सहभागितामा स्थापना गरिएको परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाले सात वर्ष पुरा गरि आठ वर्षमा प्रवेश गरेको छ ।
गत श्रावण २९ गते सात वर्ष पुरा गरि आठ वर्षमा डौडिरहेको यस सहकारीले सात वर्षको अन्तरालमा एक हजार चार सय सात जना सदस्या  पुर्याएको छ भने साढे २१ लाखको हाराहारीमा नाफा कमाउन सफल भएको छ ।
आइतबार संस्थाको आठौं वार्षिक साधारण सभा मनाई रहँदा संस्थाको सचिव अप्सरा चौलागाईले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन अनुसार संस्थाले २१ लाख ४६ हजार एक सय दस रुपियाँ ५७ पैसा नाफा कमाउन सफल भएको हो ।
२०६८ सालमा स्थापना भएको संस्थको शेयर पूँजी यो आव २०७५/०७६ मा १३ लाख ३२ हजार ९ सय वृद्धि भई एक करोड ३ लाख ५६ हजार पुगेको छ । आर्थिक वर्षको अन्त्यसम्म संस्थाको कुल पूँजि ९ करोड ५२ लाख १६ हजार दुई सय ४० रुपियाँ ११ पैसा पुगेको संस्थाले जनाएको छ ।
राज्यको नीति अनुरुप महिलाहरुको मात्र छुट्टै सहकारी दर्ता गर्न पाउने उद्देश्य अनुरुप दर्ता भएका दोलखामा ५९ वटा महिला सहकारीहरु छन् ।
भीमेश्वर नगरपालिका वडा नम्बर ३, ४ र ६ मा कार्यक्षेत्र बनाएको यो संस्था कारोबारको हिसावमा जिल्लामै सबैभन्दा अघि भएकैले दोलखा जिल्ला बचत संघ र डिभिजन सहकारी कार्यलय दोलखाबाट उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको संस्थाका अध्यक्ष शर्मिला सापकोटाले जानकारी दिनुभयो ।
भीमेश्वर नगपालिकाको उपमेयर कमला वस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाले उत्कृष्ट मासिक बचत, उत्कृष्ट दैनिक बचत, उत्कृष्ट मासिक ऋण सदस्य, उत्कृष्ट दैनिक बचत सदस्य, उत्कृष्ट दैनिक ऋण सदस्य, उत्कृष्ट शेयर खरिद सदस्य, उत्कृष्ट बाल बचत कर्ता र सबैभन्दा उमेरले जेष्ठ सदस्यलाई एक हजार पाँच रुपियाँ र सम्मान–पत्रले सम्मान गरिएको अध्यक्ष शापकोटाले जानकारी दिनुभयो ।
त्यसैगरी ६० वर्ष नियमित बचत गर्नेहरुलाई एक हजार दुई सय प्रदान गर्नुका साथै एकल महिलाको एक जना छोरा वा छोरीलाई छात्रावृत्ति प्रदान गरिएको छ ।
कार्यक्रममा आधारभूत तीन महिने सिलाई तालिम लिएका १० जना सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।
सदरमुकाम चरिकोट स्थित कालिञ्चोक माविको प्रांगणमा भएको वार्षिक साधारण सभा कार्यक्रमा संस्थाको उपाध्यक्ष शोभिता पोखरेलले स्वागत मनतव्य राख्नुभएको थियो भने कोषाध्यक्ष श्रृजना न्यौपानेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
संस्थाले आगामी २०७६/०७७ मा सदस्य संख्या बढाएर एक हजार ६ सय २० पु¥याउनुका साथै शेयर एक करोड १० लाख  पुर्याउने लक्ष्य राखेको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here