दोलखा ५ असोज। दोलखा उद्योग वाणिज्य संघ मैनापोखरी शाखाको अध्यक्षमा गंगा बहादुर बुढाथोकी निर्विरोध निर्वा्चित भएका छन् ।
आईतबार मैनापोखरीमा सम्पन्न संघको छैटौं साधारण सभा एवं नेतृत्व छनोटका लागि भएको निर्वाचनमा बुढाथोकी सर्बसम्मत अध्यक्ष छानिएका हुन् । अध्यक्ष बुढाथोकी सहित ८ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चुनिएको निर्वाचन समितिले जनाएको छ । अन्य निर्वा्चित सदस्यहरुमा राजन कुमार दाहाल , सारदा दाहाल , तेन्जीङ शेर्पा , शालीग्राम शिवाकोटी, रत्न शार्की , रित बहादुर खड्का र कमल प्रसाद चौलागाई छन् । आईतबार आयोजित साधरण सभाको उद्घाटन गर्दै दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले सरकारले निजि क्षेत्रलाई उपेक्षा गरेको बताएका छन् । अध्यक्ष श्रेष्ठले झन्जटिला ऐन नियमहरु निर्माण गर्दै उद्योगी व्यवसायीहरुलाई निरुत्साहित बनाउन खोजेको आरोप लगाएका छन् ।
नवनिर्वाचित साितिले आइतबार नै पद तथा गोपनीयताको सपथ लिई कार्यभार सम्हालेको निर्वाचन समितिका संयोजक राजन थापाले जानकारी दिए । दोलखा क्षेत्र नम्बर १ को मुख्य ब्यापारिक केन्द्र मैनापोखरीमा उद्योग वाणिज्य संघको शाखा बर्षौदेखि कृयाशिल छ । साधारण सभामा दोलखा उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष सनत थापा नेकपाका बैतेश्वर गाउँपालिका इन्चार्ज भिम प्रसाद दाहाल जिरी नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठ दोलखा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु दिनेश बस्नेत , हिमाल न्यौपाने , सुरेस उप्रेती , दिनेश पाठक , श्याम कायस्थ लगाएतको सहभागिता थियो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here