चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर १ र २ लाई कार्यक्षेत्र बनाए २०५५ सालदेखि काम गर्दै आएका प्रगति बचत तथा ऋण सहकारी संस्थाले नेपाल पत्रकार महासंघ दोलखालाई सम्मान गरेको छ ।
नगरपालिकाको वडा नं.–२ राम्पास्थित कार्यलय रहेको प्रगति संस्थाको २१ औं वार्षिक साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखालाई पाँच हजार एक रुपैयाँ नगदसहित सम्मान गरेको हो ।
महासंघले दोलखाको सहकारी क्षेत्रको प्रचारप्रसारमा उल्लेखनिय भूमिका रहेको भन्दै सम्मान गरिएको सहकारी संस्थाका अध्यक्ष जगत प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
वार्षिक उत्सवको अवसरमा सहकारीको संस्थापक शेयर सदस्यलगायत एसइइ परीक्षा २०७६ मा उत्कृष्ट अंक ल्याउने छात्रछात्रा र नियमित बचत गर्ने ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव राम प्रसाद दहाल प्रस्तुत गरेको प्रतिबेदन गत आर्थिक वर्ष ६५ जन सदस्य थपेर ११४६ सदस्य पुगेको छ ।
त्यसैगरि शेयर पूँजीमा १५ प्रतिशत वृद्धि भई ५९ लाख ६४ हजार ९ सय रुपिया पुगेको छ भने आर्थिक वर्ष २०७५÷०७६ सात लाख ३१ हजार ९५० रुपिया खुद नाफा कमाउन सफल ।
बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष जिवसराज खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भीमेश्वर वडा नम्बर १ का वडाअध्यक्ष वीर बहादुर थामी, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, सहकारीकर्मीहरु चन्द्र लामा, स्टालिन श्रेष्ठ, सोममाया श्रेष्ठ र रत्न श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रगति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष नारायण कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पत्रकार महासंघको भवन निर्माणको लागि गत वर्ष २० औं साधारण सभाको अवसरमा ११ हजार एक सय एघार रुपियाँ सहयोग गर्नुभएको थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here