मिस्टर मोडल अफ द वर्ल्ड–२०१८ को उपाधि हात पार्न सफल नेपाली मोडल दिक्पाल कार्कीलाई यतिखेर मायामा शंका लाग्न थालेको छ। त्यसो त लाखौं फ्यानहरु भएका यी सेलिब्रेटीलाई मायको आवश्यकता त नपर्ने हो। तर पनि यिनले चाहेका कोहि कसैले यिनको मनमा चोट पुर्‍याएर होला भन्दैछन् ‘मायाले वास्तै नगर्नी’।
सर्लक्क जिउडाल, अग्लो कद, सधै स्मार्ट देखिने दिक्पालको वास्तविकतामा मायाले वास्ता गरे-नगरे पनि याम क्षेत्री र सुनिता दुलालको ‘मायाले वास्तै नगर्नी’ बोलको लोकदोहोरी गीतमा भने कम्मर मर्काएर नाचेका छन्। गीतमा उनको माया बनेर मोडल नम्रता सापकोटाले साथ दिएकी छिन्।
‘मायाले वास्तै नगर्नी’ बोलको लोकदोहरी  गीत लोकप्रिय गायिका सुनिता दुलालको युट्युबबाट मंगलबार सार्वजनिक भएको छ।
कर्ण चापागाईंको शब्द र वसन्त थापको संगीत रहेको गीतमा याम क्षेत्री र सुनिता दुलालले स्वर दिएका छन् । गीतको भिडियो छायांकन ज्ञानेन्द्र शर्माले गरेका छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here