दोलखा, भदौ २९ । दोलखाका १२ जना उद्योगी व्यवसायीहरु भारतको नयाँ दिल्ली र गोवा शहरको अवलोकन भ्रमणमा निस्केका छन् ।
दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा दोलखा जिल्लाका १२ जना व्यवसायी छिमेकी मित्रराष्ट्र भारतको अवलोकन भ्रमणमा निस्किएको दोलखा उद्योग बाणिज्य संघले जनाएको छ । भ्रमण टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । श्रेष्ठ नेतृत्वको भ्रमण टोलीमा रामेछापका तिन जना व्यवसायी समेत छन् ।
भ्रमण टोलीले दिल्ली र गोवा शहरका उद्योग व्यवसाय तथा बाणिज्य क्षेत्रको अध्ययन अवलोकन गर्ने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । व्यवसायीहरुको टोलीलाई एड्भान्स ग्रुप नामक नेपाली कम्पनीले भारत भ्रमण गराएको हो ।
टोलीमा श्रेष्ठसंगै दोलखा उद्योग बाणिज्य संघका उपाध्यक्ष सनत थापा, कार्य समिति सदस्य कृष्ण बहादुर श्रेष्ठ, जिल्ला समन्वय समितिका सदस्य समेत रहेका व्यवसायी विदुर शर्मा, व्यवसायीहरु घनश्याम शिवाकोटी, शिवहरि उप्रेती, ताराबहादुर दाहाल, रोजकुमार चौहान, सुन्दर श्रेष्ठ, बिनोद बस्नेत, डिल्लीराम ढुंगेल, प्रमोद श्रेष्ठ, प्रदीप कुमार थापा, सन्तोष श्रेष्ठ र सरोजकुमार थापा छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here