यो सेवालाई अन्य समय १३०८ रुपियाँ पर्छ

चरिकोट । निजी लगानीको सुबिसु केबल नेट प्रालिले दशै तिहारलाई मध्ये नजर गर्दै  ग्राहकहरु सामु बमफर अफर ल्याएको छ। जिल्लामै पहिलोपटक अप्टिकल फाइबरबाट इन्टरनेट सेवा दिद‌ै आएको सुविसुले ९९ रुपियाँमा ३० एमविपिएस अनलिमिटेड इन्टरनेट सेवा दिने अफर ल्याएको हो। यो सेवालाई अन्य समय १३०८ रुपियाँ पर्छ ।
नयाँ ग्राहक वर्गलाई लक्ष्यित गरि ल्याएको यो अफरसंगै १५ सय रुपियाँमा राउटरका साथै जडान शुल्क, एक्टिभेसन चार्ज मिनाहा गरिएको सुबिसु दोलखा शाखा प्रबन्धक तुलशी मानन्धरले जानकारी दिनुभयो । यो अफर नयाँ ग्राहकलाई मात्र लागू हुने उल्लेख गर्दै उहाँले देश भरिनै यो अफर लागू भएको बताउनुभयो ।
दोलखामा आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रदान गर्नका लागि सुबिसुले सदरमुकाम चरिकोटसम्म अप्टिकल फाइबर बिछ्याएसंगै ग्राहकलाई अप्टिकल फाइबरबाट सेवा दिदै आएको छ।
करिब ७ बर्षदेखि चरिकोट स्थिट आईसिएनसंग (Information and Communication Network) समन्वय गरि वायरलेस प्रविधिबाट सेवा दिदै आएकोमा अप्टिकल फाईबर प्रविधि भित्र्याएसंगै इन्टरनेटको गति तिब्र भएको शाखा प्रबन्धक मानन्धरले प्रष्ट पार्नुभयो।
अति तीब्र गतिमा तथ्याङ्क पठाउन मिल्ने अप्टिकल फाइबर सेवा सुरु भएसंगै इन्टरनेट सम्बन्धि सम्पुर्ण कामकाज छिटो हुने विश्वास उहाँले गर्नुभयो ।
उहाँका अनुसार चरिकोट बजार, चरिघ्याङ, बसपार्क, पुरानोबजार, चोथाङ लगाएतका स्थानमा अप्टिकल फाइबर बिस्तार भइसकेकाले त्यहाँका इच्छुकहरुले अप्टिकल फाइबर जडान गर्न सकिनेछन्।
वायरलेस प्रविधि समेत अप्टिकल फाइबर मार्फतनै सञ्चालन हुने भएकाले इन्टरनेटको गति तिब्र हुने प्रविधिक बिजय मुंग्रातीले जानकारी दिनुभयो । चरिकोटमा केबुल टिभी सञ्चालन गर्दै आएको गौरीशंकर केबुल नेटवर्कसंग समन्वय गरि अप्टिकल फाइबर बिस्तार गरिरहेकोले अप्टिकल फाइबरबाट टिभी समेत सञ्चालन हुने प्राविधिक मुंग्रातीले बताउनुभयो । सुबिसुले हाल देसको ७० भन्दा बढि जिल्लामा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here