चरिकोट। दोलखा सदरमुकाम चरिकोटका उद्योगी व्यवसायी र बैंकहरु बीच कर्जा प्रवाह, व्याज दर र लगानीको विषयमा छलफल भएको छ।
दोलखा उद्योग वाणिज्य संघको आयोजनामा बिहिवार सदरमुकाम चरिकोटको व्यापार, व्यवसायलाई नयाँ ढंगले अगाडि बढाउने र कर्जा प्रवाहमा व्याजदर सुलभ वनाउने विषयमा छलफल भएको हो।
कार्यक्रममा दोलखा उद्योग वाणिाज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बैंकहरुको व्याजदर घटबढले व्यवसाय मारमा परेको बताउनुभयो । उहाँले बैंक, उद्योगी र ब्यापारीहरु एकसाथ हातेमालो गर्दै समग्र दोलखाको आर्थिक बिकासकामा लाग्नुपर्ने बताउनुभयो ।
संघका सचिब विमल श्रेष्ठले बैंकहरुको कर्जा प्रवाह प्रणाली झन्झटिलो भएकै कारण जनताहरु लघु वित्तको महंगो व्याजको ऋणमा फसेकोले ऋण प्रवाहमा सरलता अपनाउन सुझाउनुभयो।
छलफल कार्यक्रममा बैंकहरुले व्यवसायी र सर्वसाधारणमा बित्तिय साक्षरताका कार्यक्रम गर्ने उल्लेख गर्दै कर्जा दुरुपयोग हुन नदिने बताएका छन्।
समृद्ध चरिकोट निर्माणका लागि बैंक र व्यवसायी बीच वित्तीय अनुशासनको पालन गर्दै सहुलियत ऋण प्रवाहमा सहज बाताबरण बनउने र  लगानीको दायरा बढाउने सहमति भएक‍ छ।
चरिकोट स्थित राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रवन्धक निरोज श्रेष्ठले बैंकबाट कर्ज लगेपछि व्यवसायी र उद्योगीहरु सम्पर्कमा नै नआउने गरेकाले पनि बैंकहरु समस्यामा परेकोले बैंक र व्यापारी दुबै इमानदार हुनुपर्नेमा जोड दिनुभयो ।
कर्जा प्रवाहमा आफुहरुले नियम, कानुन र पद्धतिलाई मिच्न नहुने उल्लेख गर्दै नेपाल बैंकका शाखा प्रवन्धक बिदुर विक्रम थापाले कागजात र मापदण्ड पुर्‍याउने जो कोहिलाई पनि सहुलियत कर्जा प्रवाह गर्ने बताउनुभयो।
यसैविच चरिकटमा भएका सबै बैंकले नागरिक बडापत्र राखेर सेवाग्राहीलाई सेवा सुविधामा थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा चरिकोट स्थित  १४ वटा बैंकका शाखा प्रबन्धकहरु, उद्योगी व्यपारीहरुको सहभागीता थियो ।
खाडीचौर-चरिकोट सडक अवरोधले समेत व्यापारी र बैंकहरु समस्यामा परेकाले बाणिज्य संघले सडक कालोपत्रे गर्ने बाताबरण बनाउन पहल गर्ने बताइएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here