चरिकोट,२० भदौ । दोलखाको बाबरेमा रहेको कमला प्राथमिक बिद्यालयमा तालाबन्दी गरिएको  छ । बिद्यालयका प्रधानाध्यपक पुस्कर खतिवडाले बिद्यालयको प्रागंणमा डोजर लगाउने क्रममा स्थानियको घरमा क्षति पुगेको कारण बिद्यालय ताला लगाईएको हो । ताला लगाए मात्रै समस्याको समधान हुने भन्दै स्थानिय पर्बत खतिवडाले ताला लगाएको बताए । उनले बिद्यालयको चौर डोजरले खनेर खोलामा माटो हालेपछि खोलो थुनिएर घरमा पसेर क्षति पुर्याएपछि कमला प्राबिमा ताला लागेको बतए । स्थानियले प्रअ खतिवडालाई बिद्यालयमा नबस्ने भन्दै पटक पटक उजुरी समेत गरिहेका छन् । खतिवडाको बिरुद्ध जिल्ला शिक्षा बिकास समन्वय ईकाई ,कालिन्चोक गाउँपालिकामा समेत उजुरी स्थानिय गर्दै आएका छन् । उनि प्रायजसो काठमान्डौमा बस्ने भएकाले बिद्यालय जाँदैनन् । तालाबन्दिका क्रममा पनि प्रअ बिद्यालयमा रहेका छैनन् । उनि स्थानियहरुको भनाई अनुशार बिगत एक महिना देखि बिद्यालयमा नरहेको बताईएको छ । पहिरोको कारण क्षति भएको भन्दै पटक पटक गुनासो गरेको र माटो खोलाबाट पन्छाउनु पर्याे भन्दा समेत अटेर गरेको र हालपनि ठुलो पानि पर्दा घरमा बस्ने बाताबरण नभएकाले रातभर त्रासमा बाँच्नु पर्ने भएकाले पनि ताला लगाउन बाध्य भएको स्थानिय युवा खतिवडाले बताए ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here