चरिकोट। दोलखाको मेलुङ गाउँपालिकाले एक हजार दलित तथा सीमान्तकृत परिवारलाई सोलार बत्ती वितरण कार्य सुरु गरेको छ।
गाउँपालिकाले बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रबाट अनुदान सहयाेगमा प्राप्त सोलार बत्तीलाई गाउँपालिकामा रहेका दलित तथा सीमान्तीकृत समुदायलाई वितरण गर्न लागेको हो।
७ वडा रहेका गाउँपालिकामा आइतबार वडा नम्बर -४ मेलुङका ४३ घरधुरी दलित तथा सीमान्तीकृत थामी  परिवारलाई सोलार बत्ती प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उज्यालो नेपाल कार्यक्रम अन्तर्गत सोलार बत्ती  प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले गाउँपालिकाको ७ वटै वडाबाट छनोटमा परेका दलित तथा सीमान्तीकृत समुदायलाई सोलार बत्ती वितरण गर्ने बताउनुभयो। उहाँले सबै  वडामा सोलार बत्ती पुगिसकेको र समय मिलाएर एक हप्ताभित्र वितरण गरिसक्ने बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here