चरिकोट । सदरमुका चरिकोटमा कार्यलय राखेर जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाएको अर्थभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड मर्जरमा जाने निश्चित भएको छ ।
शनिवार भएको संस्थाको चौथो वार्षिक साधारणर सभाले जनहित बहुउद्देश्यीय सहकारीसंगको मर्जर प्रस्ताव अनुमोदन गरेसंगै अर्थभूमि मर्जरको लागि तयार भएको संस्थाका अध्यक्ष कृष्णप्रसाद दहालले जानकारी दिनुभयो ।
यी दुई सस्थालाई मर्ज गर्ने भनेर गत असार २८ गते एक प्रकारको सहमति भएको थियो । तर यता आजै साधारणसभा राखेको जनहितले भने मर्जर प्रक्रियामा जाने प्रस्ताव अनुमोदन गर्न सकेन । उक्त प्रस्तावमा अधिकांस शेयर सदस्यले असन्तुष्टी जनाएपछि अनुमोदन हुन नसकेको जनहित बहुउद्देश्यीय सहकारीका कोषाध्यक्ष राम बहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँले संस्था मर्जरमा लागिसकेकोले केहि समयमा सबैलाई मनाएर मर्जरमा जाने निर्णय हुन सक्ने बताउनुभयो ।
मर्जर प्रक्रियामा जाने प्रस्ताव अनुमोदन भएको भए कम्तिमा १५ दिनभित्र संयुक्त रुपमा विशेष साधारण सभा बसेर कार्यसमिति वनाई कारोबार संयुक्त रुपमा सुरु गर्नुपथ्र्यो । तर हाललाई त्यो प्रक्रिया पछि सरेको छ ।
अर्थभूमिले वार्षिक साधारण सभा मार्फत अर्थिक वर्ष २०७५÷०७६ मा ६९ लाख ५५ हजार ६५२ रुपियाँ खुद नाफा कमाउन सफल भएको बताएको छ ।
२० करोड ४४ लाख ७४ हजार ७२९ रुपियाँ कुल पुजि रहेको संस्थामा बाल सदस्यसहित तीन हजार २५० सदस्यहरु छन् ।
जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा उत्कृष्ट बचतकर्ता, असल ऋणी, जेष्ठ सदस्य , उत्कृष्ट बाल बचतकर्ता लगाएतलाई नगद एक हजार पाँच सहित सम्मानपत्रले सम्मा गरेको सचिव तारानाथ चौलागाईले जाननकारी दिनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here