चरिकोट । एप्लास्टिक एनिमिया (बोन म्यारोमा समस्या) बाट पीडित १५ वर्षीय सोम प्रसाद चौलागाईंको उपचारका लागि नगद सहयोग मिलेको छ।
भीमेश्वर नगरपालिका वडा नम्बर ४ जिलुका चौलागाईंलाई उपचारका लागि दोलखा समाज नायोगा, जापानबाट ५५ हजार रुपियाँ सहयोग मिलेको हो।
सदरमुकाम चरिकोट स्थित ब्राइट इभन्ट म्यानेजमेन्टको पहलमा  जापानबाट इश्वर पाठकले सो रकम उपलब्ध गराइएकाे रकम बुधबार ब्राइट इभन्टका अध्यक्ष राजन बुढाथोकीले बिरामीका हजुरबुबा योगनाथ चौलागाईं हस्तान्तरण गरेका छन्।
गत बैशाखदेखि बोन म्यारो क्यान्सरबाट ग्रसित सोम प्रसाद सर्व मावि जिलुमा कक्षा ९ मा अध्ययनरत छन्। सोम प्रसादको उपचार खर्च करिब ३० लाख लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएको पारिवारिक स्राेतले जनाएको  छ।
सहयोग रकम उपलब्ध गराउने सहयोगीहरु:
दोलखा समज नागोया र नागोया नेप्लिज फुटबल क्लब जापान २००००, दिपक अधिकारी ५०००, सुवास कार्की ५०००, पुष्कर खत्री ३०००, कृष्ण भण्डारी ३००० नवराज पाठक २०००, राजकुमार बुढाथोकी २०००,गोविन्द शिवाकोटी २०००, पशुपति थामी १५००, सुशीला थामी १५००, दिनेश सापकोटा २०००,विवेक कार्की २००० र ईश्वर पाठक ५०००।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here