चरिकोट । जिल्ला सहकारी संघ दोलखाले आफ्नो स्थापना दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
स्थापना भएको २७ वर्ष पूरा भएको अवसरमा नेपाल पत्रकार महासंघले निर्माण गर्न लागेको सुचनामैत्री तथा प्रविधियुक्त भवन निर्माणका लागि सहकारी संघले २१ हजार पाँच सय पाँच रुपियाँ सहयोग प्रदान गरेको हो ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे र संघका अध्यक्ष हेमन्त चौलागाईले नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको छ ।
दोलखाका निर्माण हुन लागेको भवन पत्रकार महासंघको मात्र नभई सबैको भवनको रुपमा लिएको र सबैको सहयोगलेनै भवन निर्माण हुन सक्ने अध्यक्ष चौलागाईले बताउनु भयो ।महासंघको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अब केही महिनामै आफ्नै भवनबाट नियमित कार्य सञ्चालन गर्ने नेपाल पत्रकार महासंघले जनाएको छ ।
सोही अवसरमा सहकारी संघले आवाज नेपाल अन्तरर्गत चरिकोटमा सञ्चालित स्नेह केन्द्रलाई खाद्यन्न सहयोग गरेको छ । संस्थाका अध्यक्ष सिर्जना कार्कीलाई दैनिक उपभोग्य साम्रगीहरु दाल, चिनी, चिउरा, बिस्कुट, खाने तेल लगायतको सामग्री प्रदान गरिएको छ । स्थापना दिवसको अवसरमा चरिकोट बीच बजारमा रहेको संघको कार्यालयमा केक काटिएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here