चरिकोट । विनाशकारी भुकम्पले भवन भत्काएपछि भाडको कोठा प्रयोग गर्दै आएका दोलखा उद्योग वाणिज्य संघ पुनः आफ्नै भवनमा सरेको छ ।
भुकम्प अघि भीमेश्वर नगरपालिका वडा नम्बर –३ चरिकोट टुडिखेल नजिकै आफ्नै भवन बस्दै आएकोमा भुकम्पले उक्त भवनमा क्षती पु¥याएपछि भाडाको कोठामा बस्न बध्य थियो ।
करिब तीन वर्षपछि शनिवार विहानको विशेष साइतमा पुजापाठ सहित संघको सचिवलय आफ्नै भवनमा सारेको संघका कार्यकारी सचिव राजन थापाले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्यसमितिको पहलमा भुकम्पले क्षती पु¥याएको भवनको प्रवलिकरण संगै मार्मतसम्भार गरेपछि भवन बस्न योग्य भएको छ । सुरुमा साढे चार तल्ला रहेको भवनलालई डेढ तल्ला काटेर अहिले तीन तल्ला मात्रै बनाइएको छ ।
१६ वट पिलरमा एउट थपेर १७ वटा पिलर बनाइएको छ भने १२ वटा पिलको प्रवलिकरण गरिएको उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष दिनेश थापाले बताउनुभयो । उहाँले भवनको मुख्य–मुख्य काम सबै सकिएपनि केहि कोठाहरुको फिनिसिङ नसकेकोले आगामी दुई हप्ताभित्र सबै सक्ने बताउनुभयो ।
भीमेश्वर नगरपालिका र एनसेटको प्राविधिक सहयोगमा प्रवलिकरण तथा मर्मतसम्भार गरिएको भवनको खर्च करिब २५ लाख नाघेको छ ।
जस्मा दोलखाका युवा व्यवसायि प्रभुराम श्रेष्ठ पाँच लाख र नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले एक लाख रुपैयाँ सहयोग गरेको संघले जनाएको छ ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here