पवन वस्नेतलाई घाईते अवस्थामा भेटिएको स्थानमा घेरा हाली प्रहरीले अनुसन्धन गर्दै ।

चरिकोट । दोलाखको भीमेश्वर नगरपालिका वडा नम्बर–३ चरिघ्याङ स्थित गडीडाँडा नजिकै घाईते अवस्थामा भेटिएको युवकको मृत्यु भएको छ ।
शनिबार विहान करिब साढे १० बजेको समयमा उक्त स्थानबाट सिकिस्त घाइते अवस्थामा उद्धार गरि अस्पताल लगिएको युवकको चरिकोट अस्पतालमा मृत्यु भएको हो ।मृत्यु हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर–४ जिलु घोगडीका अन्दाजी २२ वर्षीय पवन बस्नेत रहेको प्रहरी चौकी सातदोबाटोका इन्चार्ज प्रहरी सहायक निरीक्षक महेश आचार्यले जानकारी दिनुभयो ।
नजिकैको पानुरामा रिसोर्टका कर्मचारी चन्द्रकला तामाङ फुलमा पानी हाल्न जाने क्रममा पवनलाई चर्पी नजिकै छटपटाईरहेको अवस्थामा देखेपछि, प्रहरीलाई गरेका थिए ।
खबर पाए लगतै प्रहरी सहायक निरीक्षक आचार्य सहित दुई जनाको टोली घट्ना स्थलमा पुगी घाईते बस्नेलाई उपचारका लगि उद्धार गरिएपनि उनको मृत्यु भएको छ ।
प्रहरी सहायक निरीक्षक आचार्यका अनुसार बस्नेतको दायाँ हातको नाडीमा धारिलो हतियारले काटिएको जस्तो ठुलो चोट लागेको छ । उक्त स्थानमा फेला पार्दा बस्नेतको शरीरमा कुनैपनि लुगा नभएको (पुरै नग्न अवस्था) उल्लेख गर्दै प्रहरी सहायक निरीक्षक आचार्यले एउटा लुगा मगाए उनलाई अस्पतालसम्म लगेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यलय चरिकोटबाट खटिएका प्रहरीले घट्न स्थलको घेराबन्दी गरी अनुसन्धन गरेका छन् ।
करिब डेड रोपनी जग्गामा संर्घष गरिएको विभिन्न चिनोहरु रहेकोले युवकलाई ज्यान मार्ने उद्देश्यले अक्रमण गरिएको हुन सक्ने आशंका प्रहरीको छ । बस्नेत फेला परेका ठाउँको आसपास रगतका दाग भेटिएको छ भने, छाता र प्यान्ट समेत फेला परेको छ ।
जिल्ला प्रहरी कार्यलय दोलखाका प्रमुख प्रहरी नायव उपरिक्षक मान बहादुर राईले भने घट्ना संकस्पद रहेको बताउनुभयो। उहाँले उनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएकोले छिट्टै सत्य तथ्य बहिर आउने बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here