दोलखा। बिगत दुई वर्षदेखि कलाकारीता एवम् सांस्कृतिक क्षेत्रको उत्थानमा महत्त्वपूर्ण भूमिमा निर्वाह गर्दै आएका दोलखाको ब्राइट इभन्ट म्यानेजमेन्ट सम्मानित भएको छ।
पेजेन्ट नेपाल इन्टरनेशनलको आयोजनामा भएको फेसन एण्ड मोडल अवार्ड २०१९ कार्यक्रममा मोफसल तर्फ ब्राइट इभन्ट म्यानेजमेन्टले बेस्ट इभेन्ट अर्गनाइजरको अवार्ड हात पार्न सफल भएको हो।
बिहिवार राजधानी काठमाडौंमा भएको कार्यक्रममा ब्राइट इभन्ट म्यानेजमेन्टका अध्यक्ष राजन बुढाथोकीलाई अवार्ड र प्रमाणपत्र हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
देशभरका दुई दर्जन ब्यूटी पेजेन्ट गर्ने संस्थालाई पछि पार्दै ब्राइट इभन्ट म्यानेजमेन्टले अवार्ड हात पारेको हो।
अवार्ड ग्रहण गर्दै अध्यक्ष बुढाथोकीले आफू दोलखाको कला संस्कृतिको जगेर्ना गर्दै सम्बर्द्धन गर्ने प्रयासमा लागिरहँदाको सम्मान कार्यक्रमले थप उत्साह मिलेको बताउनुभयो।
सम्मानले हौसला मिलेको उल्लेख गर्दै उहाँले कलाकारीताको क्षत्रमा दोलखालाई सम्पन्न बनाउने योजना बनाएर अघि बढेको बताउनुभयो । “सम्मान हुनुको पछाडि समस्त दोलखालीहरुको साथ रहेको छ।” उहाँले भन्नुभयो ।
त्यसैगरी बेस्ट फिमेल पेजन्ट अर्गनाइजरको उपाधि मिस नेपालको आयोजक हिडन ट्रेजरले हात पारेको छ भने बेस्ट मेल इभेन्ट अर्गनाइजरको उपाधी मिस्टर नेपालको आयोजक एक्सपोज नेपालले पाएको छ।
कलाकारिता क्षेत्रमा आधुनिकता भित्र्याउदै अगाडि बढेको ब्राइट इभन्टले हिमाली शहर चरिकोटमा लिटल प्रन्स एण्ड प्रिन्सेस र मिस दोलखा जस्तो चर्चित कार्यक्रम गरेका छ।
ब्राइट इभन्टले जिल्लामा लोकप्रिय सांस्कृतिक कार्यक्रम गर्नुका साथै नृत्य, संगीत र गायन प्रशिक्षण दिदै आएका छन्।

 

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here