शरद सापकोटा
साउन २० । भीषण पहिरोबाट आक्रान्त बनेको जुँगुमा दोलखाका सांसदहरु र पूर्व मन्त्री राहत सहित पीडितको घरमा पुगेका छन् । दोलखाका संघीय सांसद पार्वत गुरुंको समन्वयमा पूर्व मन्त्री आनन्द पोखरेल, प्रदेश सांसदहरु पशुपति चौलागाई, सरस्वती बस्नेत, नेकपाका नेता गंगा कार्की लगायतको टोली सोमबार  जुँगु पुगेको हो । पहिरो पीडितलाई तत्कालै आवश्यक पर्ने चामल, दाल, तेल र नूनको ब्यवस्थापन गरी टोलीले पहिरोको निरीक्षण समेत गरेको छ ।
गत साउन १७ गते लगातार परेको पानीले गाउँ नै जलमग्न भई पहिरो जाँदा बेपत्ता भएका २ जना मानिस अझै भेटिएका छैनन् । पहिरोका कारण १७ घर पूर्ण क्षति, ४ घर आंशिक क्षति र ४७ उच्च जोखिममा परेका छन् । पहिरोबाट २ सय ५५ जना मानिस विस्थापित भई स्थानीय नीलकण्ठेश्वर मावि र जनउपकार सहकारी भवनमा अस्थायी सेल्टर राखी बसोबास गर्दै आएका छन्। पहिरोले घरपालुवा चौपाया र अन्य सम्पत्ति गरी करिब ५ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
पहिरोका कारण पुरै गाउँ नै त्रासमय बनेको छ । पुरिएका जनावर कुहियर दुर्गन्ध फैलिएको छ । यति ठूलो विपद हुदापनि खासै राहत वितरण भने हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन्। उनीहरुले बस्ती स्थानान्तरणका लागि माग गरेका छन् भने सांसदहरुले हाललाई अस्थायी ब्यवस्थापनमा सक्रिय भई स्थायी ब्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकार सम्म कुरा पुर्याउने आश्वासन ब्यक्त गरेका छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here