चरिकोट । दोलखा जिल्लामा निर्माण हुने भनिएको तामाकाशी तेस्रो जलविद्युत आयोजना निर्माणको विविध सवालका बारेमा दोलखा सदरमुकाम चरिकोटमा छलफल भएको छ ।
तामाकोसी तेस्रोको उत्पादन क्षमता घाटाएर बनाउन लागेको भन्ने समाचार चाईना र नेपालको सञ्चारमा आएपछि विहिबार नागरिक समुहको आयोजनामा सो विष्यमा छलफल कार्यक्रम भएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष,गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर –३ का अध्यक्ष तथा तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले क्षमता घटाएर कुनैपनि हालतमा तामाकोसी –३ निर्माण हुँन नदिने बताउनुभयो ।
पर्यटन, कृषि, व्यवसायदेखि हरेक हिसावमा तामाकोसी तीन दोलखालीको लागि उपयुक्त आयोजना भएकोले यस्लाई तुरुन्त ६५० मेघावाटमै बनाउनुपर्ने बताउनुभयो । ‘आयोजना स्थलको पावर हाउसनै तामाकोसी गाउँपालिकामा बन्ने भएकोले पनि काठमाण्डौको कोठामा भएको सम्झौताले आयोजना सम्पन्न हुन्छ भन्नु कोहिकसैले नसोचे, नसम्झे हुन्छ ।’ उहाँले भन्नुभयो , ‘यो सम्झौ जनताले कुनैपनि हालतमा मन्ने छैन।’
जलाशय बन्दा जिल्लामा व्यापार, होटल, माछापालन, बोटिङबाट पर्यटन प्रबर्द्धन लगायतका जिल्लाको अर्थतन्त्र चलायमान हुने उल्लेख गर्दै नेपाली कांग्रेस दोलखाका पार्टी सभापती रुद्र बहादुर खडकाले तामाकोसी तेस्रोलाई पनि नारामा मात्रै सिमित बनाउन नहुँने बताउनुभयो । उहाँले यो आयोजना बनेमा दोलखाली पाँच तारे होटलमा बसेर खान र बस्न सक्ने क्षेमताको हुँने बताउनुभयो।. ‘सरकारकारको कमजोरीकै कारण फिल्मसीटी , शैलुङ, जट्टापोखरी लगाएतमा चलखेल बढेर दोलखालाई शुन्य पार्ने प्रयास भईरहेको छ ।’ उहाँले भन्नुभयो, ‘अव दोलखाका प्रकृतिक, सांस्कृत तथा धार्मीक सम्पदाको सहियो उपयोग गर्न नसके माल पाएर चाल नपाएको हुनेछ ।’ त्यसको लागि जनप्रतिनिधि लगाएत सवैले आ–आफ्नो ठाउँबाट पहल र सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी मोलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ, प्रवक्ता हिरा थोकर, राप्रपा नेपाल दोलखाका अध्यक्ष नवराज श्रेष्ठ, पत्रकार महासंघ दालखाका अध्यक्ष जीवन लामा, हुराडेक नेपालका अध्यक्ष उद्धव पोखरेल लगाएतले तामाकोसी तेस्रो जनताको पक्षमा बन्नुपर्ने धारण व्यक्त गरे ।
नागरिक समुहका संयोजक चिरञ्जिवी मास्को अध्यक्षतामा भएको कार्यक्रमा पत्रकार दिलबहदुर केसीले तामाकोसीको विगत, वर्तमान र भविष्का वारेमा भिडियो मार्फत प्रस्तुतिकरण दिनुभएको छ ।
जिल्ला स्थित राजनीतिक दल, स्थानीय सरकारका प्रमसखहरु, नागरिक समाजका संस्था, नागरिक अगुवा, सञ्चारकर्मी विच भएको बृहत छलफल पश्चात ४ वुदे साझा प्रतिवद्धता समेत जाहेर गरिएको छ ।
साझा प्रवद्धता यस्तो छ :–
१. दोलखा जिल्लामा निर्माण हुने तामाकोसी तेस्रो जलविद्युत आयोजना ६५० मेगावाटमै निर्माण सम्पन्न हुने गरी प्रक्रिया सुरु गर्न नेपाल सरकार लगायत सबै सम्बन्धित पक्ष समक्ष आग्रह गर्दछौं ।
२. तामाकोसी तेस्रो जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग क्षमता घटाएर सम्झौता गरिएको भन्ने विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएको तर यस सम्बन्धमा नेपाल सरकारको तर्फबाट हाल सम्म पनि आधिकारिक धारणा सार्वजनिक नभएको हुदा नेपाल सरकारको तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दछौं ।
३. तामाकोसी तेस्रो जलविद्युत आयोजना निर्माण कार्य छिटो सुरु गर्न नेपाल सरकार उर्जा मन्त्रालय समक्ष आवश्यक ध्यानाकर्षण गर्नका लागि दोलखाका राजनीतिक दल, स्थानीय सरकारका प्रमुख, नागरिक समाज, सञ्चारकर्मी, अधिकारकर्मी सहित उर्जा मन्त्रालय जाने प्रतिवद्धता व्यक्त गर्दै जसको आवश्यक समन्वयको लागि नेकपा दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोखरेल र नेपाली काँग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्कालाई आवश्यक समन्वय लागि आग्रह गर्दछौं।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here