दोलखा । चार हजार रुपियाँ घुस लिदै गरेको अवस्थामा घरेलु तथा सानो उद्योग विकास समिति दोलखाको कार्यलयबाट एक कर्मचारी पक्राउ परेका छन् ।
सेवाग्राही कुमार श्रेष्ठबाट चार हजार घुस लिएको अवस्थामा कार्यलयका खरिदार पुष्कर अधिकारी मंगलबार अपराह्न आफ्नै कार्यकक्षबाट पक्राउ परेका हुँन् ।
वैत्यश्वर गाउँपालिका –१ गैरीमुदीका श्रेष्ठले होटल दर्ता गर्न जाने क्रममा २० हजार एक सय घुस मागेकोमा ४ हजारमा कुरा मिलेको थियो ।
कागजात सबै मिलाएर लगिएमा दुई सयमा हुने कामलाई अनावश्यक पैसा माग्न थालेपछि कुमारले ४ वटा हजारको नोटको फोटो खिचेर पैसा दिएसंगै प्रहरीलाई समेत खबर गरेपछि खरिदार अधिकारीलाई कार्यलयबाटै रंगे हात पक्राउ गरिएको थियो ।
कार्यलय भएकै घरमा बस्ने गरेका अधिकारीको कोठामा खानतलासी गर्दा थप ६९ हजार नौ सय ५० रुपैयाँ रकम फेला परेको जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक प्रदिप महतले जानकारी दिनुभयो ।
नमोबुद्ध नगरपालिका –२ भकुण्डेवेसी काभ्रेका अधिकारीलाई जिल्ला प्रहरी कार्यलय दोलखामा राखि अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here