दोलखा । सडक सुरक्षा सचेतना कार्यक्रमहरु बढाएसंगै हिमाली जिल्ला दोलखामा सडक दुर्घट्नामा कमी आएको छ।
गत आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष २०७५/०७६ मा झण्डै आधाले सडक दुर्घट्नामा कमी आएको हो ।
यो वर्ष दोलखामा १८ वटा सवारीसाधन दुर्घट्नामा परेको जिल्ला ट्राफिक कार्यलय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक चन्द्रमान तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार अघिल्लो वर्ष २९ वटा सवारी दुर्घट्नामा परेको थियो ।
उहाँले यो वर्ष विभिन्न समयमा जिल्ला ट्राफिक कार्यलयले चालकहरुमाझ ट्राफिक नियमको पालना र सडक सुरक्षाका बारेमा सचेतना कार्यक्रम गराएकोले पनि दुर्घट्नामा कमी आएको बताउनुभयो । हाल ट्राफिक प्रहरीले विभिन्न निकायहरुसंग समन्यवय गरेर मासिक एकपटक चालकको स्वास्थ्य परिक्षण र सवारीसाधनको यान्त्रिक परिक्षण समेत गर्दै आएको छ ।
दुर्घट्नामा कमि आएसंगै ज्यान गुमाउनेको संख्यामा पनि कमि आएको छ । सवारी दुर्घट्नामा अघिल्लो वर्ष १७ जनाले ज्यान गुमाएकोमा यस वर्ष १० जनाले ज्यान गुमाएको छ । घाइते भने यस वर्ष बढेको छ । अघिल्लो वर्ष ४० जना घाईते भएकोमा यो वर्ष ८१ जना घाइते भएका छन् ।
त्यसैगरि यो वर्ष सवारीसाधन कार्वाही संख्या घटेको छ । ट्राफिक नियमविपरीतका गतिविधि गर्ने सवारीसाधनलाई कार्वाही गर्ने गरिएकोमा यस वर्ष त्यो घटेर पाँच हजार ६८५ सवारीसाधनलाई कार्वाही गर्दा ४२ लाख २० हजारा राजस्व संकलन भएको छ ।
अघिल्लो वर्ष छ हजार २५३ सवारीसाधनलाई कार्वाही गर्दा ५० लाख नौ हजार पाँच सय रुपियाँ राजस्व संकल भएको थियो ।

जिल्ला ट्राफिक कार्यलय दोलखाका प्रमुख प्रहरी सहायक निरीक्षक चन्द्रमान तामाङ

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here