नेपाल सरकारबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ।
बैंकले मंगलबारको गोरखापत्र दैनिकमा सुचना प्रकाशित गरि वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्म ३८४ जनाका लागि दरखास्त माग गरेको हो।
बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान गरिएको बैंकले जनाएको छ।
माग अनुसार वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर(आइटी) २० जना रहेका छन्। त्यस्तै व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना छन्।
विभिन्न केन्दका लागि लेखापाल पनि माग गरेको छ। जस अनुसार विराटनगर केन्द्रका लागि ६७ जना लेखापाल, भैरहवा केन्द्रका लागि १०० जना लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरिएका छन्।
दरखास्त साउन २० गतेसम्म अनलाइबाटै भर्न सकिने पनि बैंकले भनेको छ। सुच्चना हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2019-07-16/7f68f14ad86ebef400f450adbf1ef0ae.jpg

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here