चरिकोट, दोलखा, असार २८ गते । दोलखाको तामाकोसी गाउँपालिकाले असल सन्तानहरुलाई सम्मान गरेको छ ।
गाउँपालिकाले बृद्धअबस्थाका बुबाआमा तथा सासूससुरालाई राम्रो ख्याल गरि पालनपोषण गर्ने छोराबुहारी, छोरी र नातिनीलाई नगदसहित सम्मान गरेको हो ।
शनिवार एक कार्यक्रमका माझ गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलले १७ छोराबुहारी, तीन छोरी र एक नतिनीलाई पाँच–पाँच हजार रुपियाँ नगद प्रदान गरेर सम्मान गर्नुभयो ।
उहाँले समाजका वृद्ध अवस्थाका जेष्ठ नागरीहरु आफ्नै सन्तानबाट असुरक्षित हुँदै गएकाले उक्त प्रवृत्तिलाई तोडेर सम्मानजनक ढंगले बाच्न पाउने वातावरण बनाउन असल सन्तान सम्मान कार्यक्रम अघि सारेको बताउनुभयो । ‘यस्ता कार्यक्रमले बृद्धअबस्थाका नागरिकप्रति सन्तानहरुलाई जिम्मेवार बनाउने गर्दछ।’ उहाँले बताउनुभयो ।
सम्माका लागि प्रत्येक वडाबाट तीन÷तीन जनालाई छनोट गरिएको थियो । आगामी दिनमा यो संख्यालाई वृद्धि गर्ने उल्लेख गर्दै अध्यक्ष पोखरेलले कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।
सम्मानित हुँने असल छोरा बुहारीहरुमा दिल बहादुर माझी र रिता माझी, हिरा बहादुर विक र लक्ष्मी विक, भक्तबहादुर कार्की र मेनुका कार्की, भूपाल कुमार कार्की र लक्ष्मी कार्की, युवराज कार्की र शान्ता कार्की, माधब पोखरेल र विष्णुमाया पोखरेल, गोविन्द बहादुर खड्का र सीता खड्का, होम प्रसाद चौलागाईं र देवि चौलागाईं, भीमलाल भट्टराई र भीमकुमारी भट्टराई, इन्द्रबहादुर अधिकारी र अप्सरा अधिकारी, टेक बहादुर फुयाँल र दुर्गा फुयाँल, कुल प्रसाद फुयाँल र मैयाँ फुयाँल, नवराज आपगाई र सर्मीला आपगाई, बुद्धिमान सुनुवार र कमला सुनुवार, खगेन्द्र राज सुनुवार र सावित्री सुनुवार, आङनिमा शेर्पा र जमुना शेर्पा रहेका छन् ।
त्यसैगरि असल छोरीहरूमा जमुना तामाङ, चिनीमाया तामाङ, दुर्गा महत, गिता बुढाथोकी छन् भने नातिनी मिरा योगी सम्मानित भएकी छन् ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here