इंग्ल्यान्डले पहिलो पटक एक दिवशीय विश्वकप जितेको छ । रोमान्चक फाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो ।
सन् १९७९, १९८७ र १९९२ को विश्वकपको फाइनल पुगे पनि इंग्लिस टिम उपविजेतामै सीमित बनेको थियो। न्युजिल्यान्ड भने सन् २०१५ को फाइनलमा पुगे पनि अस्ट्रेलियासँग पराजित भएको थियो।
निर्धारित ५० ओभरको खेल बराबरीमा टुंगिएपछि बिजेता निर्क्यौल गर्न सुपर ओभर भएको हो । तर सुपर ओभरमा समेत रन वरावर भएपछि न्युजिल्यान्डभन्दा बढी बाउन्ड्री हानेको कारण इंग्ल्यान्ड विजय भएको हो ।
टस जितेर पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनायो । २४२ रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले ५० ओभरमा अल आउट हुदै २४१ रन मात्र बनायो । अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितको लागि १५ रन चाहिएकोमा १४ रन मात्र बनाएको हो । न्युजिल्यान्ड अन्तिम ओभरमा २ विकेट लियो ।
सुपर ओभरमा पहिले ब्याटिंग गरेको इंग्ल्यान्डले १५ रन बनाएको थियो। १६ रनको लक्ष्य लिएर मैदान उत्रेको न्युजिल्यान्डले पनि १५ रन नै बनाएको हो । अन्तिम बलमा २ रन चाहिएको अवस्थामा मार्टिन गुप्टिल रन आउट भएका हुन्।
विश्वकप इतिहासमा पहिलो पटक सुपर ओभरबाट बिजेता निर्क्यौल भएको हो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here