सिड्नी , असार २६ । नेपाली कला र संस्कृति हाम्रो पहिचान हुन् भन्ने उदेश्यले अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली समुदायका लागि हरितालिका तिज मेलाको आयोजना हुने भएको छ ।
ग्लोबल कन्सल्टको मूख्य प्रायोजनमा हुने उक्त मेलामा नेपाली परिकारहरुको व्यवस्था, कलाकारहरुको भव्य प्रस्तुति र व्यवसायिक फोटो ग्राफरका माध्यामबाट फोटो ग्राफी गरिने आयोजक नेप्लिज कम्युनिटी सिड्नीका अध्यक्ष अम्बिका शर्माले बताउनु भयो । उहाँका अनुसार देशभन्दा टाढा रहेका नेपाली दिदी वहिनीहरुलाई एक ठाउँमा भेला गराएर नाचगान र खानपिनको माध्यामबाट माइतीघरमा पुगेको अनुभूति होस् भन्ने कार्यक्रमको उदेश्य रहेको छ ।
यही अगष्ट १६ शुक्रबार आयोजना हुने उक्त कार्यक्रम वेस्टर्न सिड्नीको रेडगम हल, टु लेन स्ट्रीट,वेन्टवर्थभिलमा हुनेछ ।
अजि फाइनान्स एण्ड होम लोन्स, होम्स इन्ष्टिच्युटले गोल्डेन स्पोन्सर र एभरेष्ट मोर्गेज,डिलाइट टुर्स एण्ड ट्राभल्स र साफायर स्टेट एजेन्ट्सको सहयोगमा संचालन हुने उक्त मेलामा धित मरुन्जेल नाचगान गर्न सकिने आयोजक संस्थाका सदस्य दिपक केसीले बताउनु भयो ।
कार्यक्रमका लागि अनलाइन टिकटको पनि व्यवस्था भएको आयोजकले बताए ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here