चरिकोट । दोलखाको तामाकोसी गाउँपालिकले ५१ करोड ७१ लाख २९ हजार तीन सय बयासी रुपैयाँ अठासी पैसाको  बजेट पारित गरेको छ।
असार १० गते नयाँ आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाको २५ गतेको गाउँसभाबाट उक्त रकम बराबरको बजेट पारित गरेको हो।विभिन्न २० शिर्षकमा विनियोजित बजेटमा  सडक तथा पुर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाले कुल ७ करोड १४ लाख रुपियाँ रकम विनियोजन गर्दै सडक तथा पुर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको भएपनि त्यसको अनुपातमा कृषि सिंचाइ तथा पशु विकासलाई विशेष प्राथमिकता दिएको छ।
४ करोड रुपियाँ विनियोजन गरेर कृषि सिंचाइ तथा पशु विकासलाई विशेष प्राथमिकतामा राखेको हो।
यस अन्तर्गत दुग्ध कृषकहरूलाई प्रतिलिटर दुधमा अनुदानदेखि मिनि ट्रिलर, चिलिङ भ्याट र मिल्क एनालाईजर मेसिन, मकै छोडाउने मेसिन, धान झार्ने मेसिन, कोदो कुट्ने मेसिन, कफि छोडाउने मेसिन खरिद र  कृषि चुन वितरण, प्लास्टिक टनेल निर्माण र लिफ्टिङ, बोरिङ तथा सिंचाइ  आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ।
स्वस्थ्य सरसफाइ तथा पिउने पानीका लागस  ३ करोड विनियोजन गरेको छ भने शिक्षामा  २ करोड विनियोजन गरेको छ।
त्यसैगरी सामाजिक सेवा तथा समावेशी प्रवर्द्धन २ करोड, युवा तथा खेलकुद विकास १ करोड ५० लाख, सुचना प्रविधि तथा संचार ७० लाख, वन बाताबरण तथा भू- संरक्षण  ५० लाख, उर्जा ३४ लाख, कला, साहित्य, संस्कृति तथा पर्यटन ३० लाख, जोखिम तथा प्रकोप व्यवस्थापन ३० लाख, कानुन तथा न्याय सम्पादन ३० लाख,आर्थिक तथा सामाजिक विकासमा २० लाख, सहकारी तथा संघसंस्था १७ लाख, उद्योग तथा वाणिज्य १६ लाख, सुशासन, सार्वजनिक सेवा प्रवाह तथा संस्थागत विकास १० लाख, राजस्व संकलन तथा परिचालन ७ लाख विनियोजन गरेको छ। गाउँपालिकाले २ करोडको समपुरक कोष खडा गरेको छ भने आर्थिक सहायता, चन्दा, पुरस्कार कोष ५० लाखको निर्माण गरेको छ।  र अन्यमा अन्य २० लाख ६४ हजार एक रुपियाँ ६५ पैसा  विनियोजन गरेको छ।
आघिल्लो आर्थिक वर्षको बहुवर्षिय योजनाहरुको भुक्तानी दिन बाँकी २ करोड ७ लाख ६५ हजार ३ सय ८१ रुपियाँ
छ भने प्रदेश समपुरक कोष ५० लाखको छ।
गाउँपालिकाले कुल बजेटमा  २ करोड ३७ लाखको घाट बजेट अघि सारेको छ। जस्लाई  मौज्दात तथा अन्यबाट सहयोग प्राप्त हुन सक्ने लक्ष्य राखेको गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेल बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here