दोलखा, असार २५ गते। स्वस्थ्यका लागि पत्रकारहरुलाई जिम्मेवार बनाउन सदरमुकाम चरिकोटमा स्वास्थका सम्बन्धमा सञ्चार सचेतना कार्यक्रम भएको छ।
राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत जिल्लाका पत्रकारहरु माझ सर्ने नसर्ने रोग, रोकथाम र बाल स्वास्थ्य वातावरणको विषयमा स्वास्थ्य सञ्चार सचेतना कार्यक्रम भएको हो।
स्वास्थ कार्यलय दोलखा प्रदेश नम्बर -३ र नेपाल पत्रकार महासंघ दोलखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले प्रशिक्षण दिनुभएको थियो।
उहाँले मानिसको उमेरसंगै लाग्ने सर्ने नसर्ने रोगका विषयमा जानकारी गराउनु भएको थियो। ४५ वर्ष कटेपछि मान्छेमा विभिन्न रोग देखा पर्ने उल्लेख गर्दै डाक्टर दंगालले रोकथामाका लगि सन्तुलित भोजन  शारीरिक बयाम र योगा गर्नुका साथै मदिरा तथा सुर्तीजन्य बस्तुबाट टाढै रहनुपर्ने बताउनुभयो ।
विभिन्न समयमा विश्व स्वास्थ संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार हृदय घात, प्यारालाइसेस, दम, निमोनिया, विर्षने रोग, क्यान्सर , मदुमेह, दुर्घटना, झाडापखाला र क्षयरोगबाट मानिसहरू मर्ने गरेका  छन्।
यस्ता कुराहरूलाई मध्ये नजर गर्दा मान्छेको उचाइ अनुसारको तौल नभइ अस्वभाविक रुपमा बढ्दा बढीभन्दा बढीलाई रोगले आक्रमण गर्ने गरेको डाक्टर दंगालले बताउनुभयो ।
उहाँले दैनिक ४५ देखि ५० मिनेटसम्म पसिना आउने गरि बयाम गर्नेहरु निरोगी हुँने बताउनुभयो । कार्यक्रममा विभिन्न मिडियामा आबद्ध ५० भन्दा बढि पत्रकारहरूको उपस्थिति थियो।
पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामाले समाजका हरेका घट्ना, क्रियाकलाप, परिवर्तन र विकास निर्माणसंग सरोकार राख्ने पत्रकारहरूले अव स्वास्थ्य क्षेत्रमा समेत कलम चलाउनुपर्नेमा ज‍ोड दिनुभयो ।
हरेक मानिसको स्वस्थ शरीर भन्दा ठूलो अरु केही नरहेको उल्लेख गर्दै लामाले जनताको स्वस्थ स्वस्थ्यका लागि पत्रकारहरुलाई थप जिम्मेवार बनाउन कार्यक्रम राखेको बताउनुभयो । उहाँले अबका दिनमा स्वास्थ्य सम्बन्धि सबै कुराहरू सञ्चार गर्नका लागि पत्रकारहरू अग्रसर बन्नुपर्ने बताउनुभयो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here