चरिकोट । २०७२ साल वैशाखको भुकम्पबाट क्षति पुगेका दोलखाको पुनर्निर्माणमा केन्द्रित भएर अन्तरक्रिया कार्यक्रम भएको छ।
भुकम्प गएको चार वर्षपछि सदरमुकाम चरिकोटमा बुधबार  पुनर्निर्माणमा अवसर र चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो।
कार्यक्रममा पुनर्निर्माण प्राधिकरणको तर्फबाट शाखा अधिकृत अशोक काफ्ले, पत्रकार महासंघको तर्फबाट पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र गैरसरकारी संस्थाको तर्फबाट ग्रामीण विकास टुकीसंघका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यक्रम हालसम्म पाँच हजारले अनुदान सम्झौता नगर्नुको कारण, जोखिम भनिएका ठाउँमा निजी आवास बन्नु, अधिकांशले दुई कोठे भवन मात्रै बनाउनुको कारण र  स्तर उन्नतिका लागि दिएका सहयोगमा समस्या अाएको विषयमा छलफल भएको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई र नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेले अधिकांस ठाउँमा वास्तविक भूकम्प पीडितले अझैसम्म निजी आवास निर्माण राहत  नपाएको गुनासो गर्नुभयो ।
पुनर्निर्माण प्राधिकरण केन्द्रबाट मात्रै परिचालित हुँने भन्दा पनि गाउँ वस्तिका भूकम्प पीडितको समस्याको सत्यतथ्य बुझेर मात्रै काम गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी भीमेश्वर नगरपालिका प्रमुख भरत बहादुर केसीले पुनर्निर्माण प्राधिकरणले जनप्रतिनिधिको कुरा सुन्ने प्रयास नै नगरेकाले पनि पुनर्निर्माणमा कठिनाइ भएको बताउनुभयो । “कतिपय एकीकृत बस्तीको नाप नक्सा नै गलत बनाएर पुनर्निर्माणमा ढिलाई भएको छ।” उहाँले भन्नुभयो ।ऐतिहासिक दोलखा बजारका जनताक‍ो ढुलमुले व्यवहारका कारणले दोलखालाई सम्पदा बस्ति बनाउन मुस्किल भएको बताउदै उहाँले काठमाडौं बसोबास गर्ने दोलखा बजारका जनताले मनैदेखि पुनर्निर्माणमा नलागे दोलखाको भविष्य संकटमा पर्ने बताउनुभयो ।
पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा भीमेश्वर नगरपालिकाका जनप्रतिनिधि र जनता सहित करिब सय जनाको उपस्थिति थियो ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here