चरिकोट । दोलखा सदरमुकाम चरिकोटमा आयोजित अन्तर विद्यालय स्तरिय छात्रछात्रा दौड प्रतियोगिताको उपाधी छात्र तर्फ अशोक केसि र छात्रा तर्फ निशा महतले हात पार्न सफल भएका छन् ।
आइतबार दोलखा डान्स क्रुले आयोजना गरेको प्रतियोगितामा मोर्डन नेपाल बोर्डिङ स्कुलका अशोकले १२ मिनेट २२ सेकेण्ड र राइजिङ स्टार बोर्डिङ स्कुलकी निशाले १६ मिनेट २४ सेकेन्डमा डौड पुरा गरि उपाधि जित्न सफल भएका हुन् ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख डबल पाण्डे र विशेष अतिथि भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीले संयोक्त रुपमा जनही नगद दुई हजार सहित मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
३५ सय मिटरको दुरीको डौडमा १२ मिनेट ४२ सेकेण्डमा दौड पूरा गरि राइजिङ स्टार बोर्डिङ स्कुलका छात्र विजय प्रजापति र १६ मिनेट २७ सेकेन्डमा दौड पूरा गरि राइजिङ स्टारकी छात्रा विनिता श्रेष्ठ द्वितीय भएका छन् ।
त्यसैगरी राईजिङ स्टारकै छात्र हितेस मगर र मोर्डन नेपाल बोर्डिङ स्कुलकी छात्रा मञ्जु बस्नेत तृतीय भएका थिए । हितेसले १२ मिनेट ४४ सेकेण्ड र मञ्जुले १६ मिनेट ३४ सेकेण्डमा डौड पुरा गरेका थिए ।
द्वितीय र तृतीय भएका छात्र र छात्रालाई मेडल र प्रमाणपत्र सहित जनही नगद क्रमश एक हजार पाँस सय र एक हजार रुपियाँ प्रदान गरिएको दोलखा डान्स क्रु संयोजक विष्णु राज गुरुङले जानकारी दिनुभयो ।
विद्यार्थिहरुको मानसिक विकास संगसंगै शारीरिक वृद्धिविकास र खेलकुद क्षेत्रमा आकर्षित गराउने उद्देश्यले डौड प्रतियोगिता आयोगजना गरेको बताउनुभयो ।
प्रतियोगितामा भीमेश्वर नगरपालिका, ड्रिम्स क्याफे, होटल पावन, रोयल क्याफे, स्टार फेसन, युगम औषधी पसल, अल्पाइन पब्लिक स्कुल, माउन्ट भ्याली बोर्डिङ स्कुल , हिमालयन क्राउन एकेडेमी र समर्पण डेरीले सहयोग गरेका छन् ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, तारादल गण दोलखाका गणपती प्रमुख सेनानी निखिल कुँवर,दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मानबहादुर राई, सशस्त्र प्रहरी बल दोलखाका गुल्मपती सशस्त्र प्रहरी नायव उपरिक्षक किरण कुमार कठायत, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिरा थोकार लगाएतको उपस्थिति थियो।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here