चरिकोट । निजी लगानीको सुबिसु केबल नेट प्रालिले जिल्लामै पहिलोपटक अप्टिकल फाइबरबाट इन्टरनेट सेवा दिन थालेको छ ।
दोलखामा आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवाप्रदान गर्नको लागि सुबिसुले सदरमुकाम चरिकोटसम्म अप्टिकल फाइबर बिछ्याएसंगै ग्राहकलाई अप्टिकल फाइबरबाट पनि सेवा दिन थालेको हो ।
करिब ७ बर्षदेखि चरिकोट स्थिट आईसिएनसंग (Information and Communication Network) समन्वय गरि वायरलेस प्रविधिबाट सेवा दिदै आएकोमा अप्टिकल फाईबर प्रविधि भित्र्याएसंगै अब इन्टरनेटको गति तिब्र हुने शाखा प्रबन्धक तुलशी मानन्धरले जानकारी दिनुभयो । अति तीब्र गतिमा तथ्याङ्क पठाउन मिल्ने अप्टिकल फाइबर सेवा सुरु भएसंगै इन्टरनेट सम्बन्धि सम्पुर्ण कामकाज छिटो हुने विश्वास उहाँले गर्नुभयो ।
चरिकोट बजार, चरिघ्याङ, बसपार्क, पुरानोबजार, चोथाङ लगाएतका स्थानमा अप्टिकल फाइबर बिस्तार भइसकेकाले त्यहाँका इच्छुकहरुले अप्टिकल फाइबर जडान गर्न सकिनेछ ।
हाल जडान गर्नेहरुलाई जडान शुल्क देखि सामानमा विशेष छुट रहेको उल्लेख गर्दै प्रबन्धक मानन्धरले चरिकोटमा अहिलेसम्म सय भन्दा बढिले अप्टिकल फाइबर जडान गरिसकेको बताउनुभयो ।
अप्टिकल फाइबर मार्फत सञ्चालन हुने अनलिमिटेड सेवा शुल्क भ्याट सहित १० एमबिपिएसको १,०१७ रुपियाँ , २० एमबिपिएसको १,३०८ रुपियाँ, ३० एमबिपिएसको १,५३४ रुपियाँ र ६० एमबिपिएसको २,३२५ रुपियाँ लाग्ने सुबिसुले जनाएको छ ।
सुबिसुले यसअघि प्रदान गर्दै आएको वायरलेस प्रबिधिको ग्राहक करिब साढे ६ सय रहेको छ ।
वायरलेस प्रविधि समेत अप्टिकल फाइबर मार्फतनै सञ्चालन हुने भएकाले इन्टरनेटको गति तिब्र हुने प्रविधिक बिजय मुंग्रातीले जानकारी दिनुभयो । चरिकोटमा केबुल टिभी सञ्चालन गर्दै आएको गौरीशंकर केबुल नेटवर्क र संग समन्वय गरि अप्टिकल फाइबर बिस्तार गरिरहेकोले छिट्टैनै अप्टिकल फाइबरबाट टिभी समेत सञ्चालन हुने उहाँले बताउनुभयो ।
सुबिसुले देसको ७० भन्दा बढि जिल्लामा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here